३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

शिक्षा

अरनिकोका नवआगन्तुक विद्यार्थी‍ अभिमुखीत

विराटनगर, साउन ४ । विराटनगर–१० स्थित अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि बिहीबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कलेजले यसपटक विज्ञान र व्यवस्थापन संकायमा गरी १ हजार १ सय भन्दा बढी विद्यार्थी भर्ना लिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रख्यात उत्प्रेरक रमण भट्टराईले “सकारात्मक सोच र अध्ययन” विषयमा नवआगन्तुक विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान […]

विराटनगर, असार २४ । विराटनगरको शिक्षादीप कलेजले कपडा पसलको भिजिटिङ कार्ड कलेजबाटै विद्यार्थीलाई वितरण गरेपछि, अहिले कलेजमाथि नैतिक प्रश्न उठेको छ । पछिल्लो समय मोटो कमिसन लिएर विद्यार्थीहरुलाई ड्रेस बनाउन निश्चित कुनै कपडा पसल कलेजहरुले पठाउने गरेको बजारमा हल्लीखल्ली चलिरहेको बेला शिक्षादीपले भिजिटिङ कार्डनै दिएर विद्यार्थीलाई कपडा पसल पठाएपछि सो कलेज शंकाको घेरामा तानिएको हो […]

विराटनगर, साउन २२ – देशकै प्रख्यात शैक्षिक संस्था अरनिको माविमा कक्षा ११ को भर्नाका लागि विद्यार्थीहरूको अत्यधिक चाप देखिएको छ। विशेषगरी विज्ञान संकायतर्फ भर्ना हुन चाहने विद्यार्थीहरूको संख्या उल्लेखनीय रहेको छ। बुधबार सम्पन्न भएको प्रवेश परीक्षामा विज्ञान विषयका ८०० सिटका लागि १,९०३ जना विद्यार्थीहरूले परीक्षा दिएका छन्। यसले अरनिको माविप्रति विद्यार्थीहरूको बढ्दो आकर्षण देखाउँछ। कलेजका […]

विराटनगर,२२ असार । विराटनगरमा रहेको पोखरियामा रही  कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन गर्दै आएको पोखरिया  माध्यमिक विद्यालय कोशी प्रदेश र राष्ट्रकै नमुना विद्यालयको रुपमा परिचित छ। हालै प्रकाशित कक्षा १० को २०८० सालको माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट नतिजा यस विद्यालयले निकाल्न सफल भएको प्रधानाध्यापक खेमराज भट्टराई जानकारी दिए। कक्षा ११ मा विज्ञान संकाय […]

विराटनगर,असार २० ।  विराटनगरकाे कान्तिपुर कलेजमा कक्षा ११ काे नयाँ भर्नाकाे लागी प्रवेश परीक्षा दिन बुधवार विद्यार्थीहरुकाे मानव सागर उर्लिएकाे छ । कक्षा ११ मा ८ सय ५० जनाको कोटाको लागि लिएको प्रवेश परीक्षामा १ हजार ३३७ जनाले परीक्षा दिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । विद्यार्थीसँगै आएका अभिभावक र आफन्तकाे संख्या अझ बढी […]

२० जेष्ठ, विराटनगर । अधिबक्ता गुणराज (सुजन) दाहालले उच्च अदालत विराटनगरमा सार्वजनिक सरोकारको मुद्धा दायर गरेका छन् । विराटनगर महानगरपालिका भित्र संचालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुले अनिवार्य रुपमा शुक्रबार ‘बुक फ्रि डे’, शनिबार ‘होमवर्क फ्रि डे’ र सरकारले सार्वजनिक विदा दिएको दिन ‘अनिवार्य र पूर्ण रुपमा स्कूल बन्द गर्नु पर्ने’ माग राखी विराटनगर महानगरपालिकालाई […]

विराटनगर, जेठ १२ ।  विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ सकेण्डरी ईङ्गलिस स्कुलले २५६८ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाएकाे छ । बुद्घ जयन्तीकाे अवसरमा बिहिबार विद्यालयकाे प्राङ्गणमा आयाेजना गरिएकाे विषेश कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा तीन सम्मका स–साना बालबालिकाहरुले बुद्ध तथा भिक्षु बनेर मञ्चको रौनक बढाएका थिए ।कार्यक्रममा कक्षा ६ का छात्र […]

कानेपोखरी, १ जेष्ठ । मोरङको कानेपोखरी २ मा रहेको बलदेब आधारभुत स्कुलका विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाली कांग्रेसका मोरङ सदस्य युवा समाजसेवि गणेश थापाले विद्यालयमा अध्यापन गर्ने विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । विधार्थीहरुलाई न्युनतम आवश्यकता पूरा गर्ने उदेश्यले विद्यालयमा , क्यामरम बोर्ड २ थान , क्रीकेट ब्याट २ थान र […]

विराटनगर,१९ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप्त गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको औंल्याउनुभयो […]

विराटनगर, वैशाख ५ । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो । यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका थिए । कार्य ब्यस्तताको कारण बास्तोलाले राजीनामा दिएका हुन । गुणस्तरीय शिक्षा प्रदान गरि अब्बल कलेजको रुपमा अर्किडलाई […]