२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

समाचार

जनगणना २०७८ स्थगित

काठमाडौं, वैशाख २० राष्ट्रिय जनगणना २०७८ स्थगित गरिएको छ । जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने भनिएको जनगणना सरकारले तत्काललाई स्थगित गरेको छ । आईतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । माहामारीको बेला घरघरमा पुगेर जनगणना गर्न सम्भव नहुने निस्कर्षसहित सरकारले जनगणना तत्काललाई स्थगित गरेको छ । यही वैशाख १६ गतेदेखि सुरु […]

काठमाडौं, वैशाख १८ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । आईतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रम ओलीले सो विषयमा मन्त्रीहरुलाई जानकारी गराएका छन् । सर्वोच्च अदालतको आदेशपछि नेकपा विभाजित भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन अझैँ फिर्ता लिएको छैन । यस्तो अवस्थामा प्रम ओलीले विश्वासको मत लिएपछि माओवादीले पुन अविश्वासको प्रस्ताव […]

विराटनगर, वैशाख १७ जिल्ला प्रशासन कार्यलय मोरङले विराटनगर महानगरपालिका र महानगरपालिकालाई छुने विभिन्न पालिकाहरुमा निषेधाज्ञा जारी गरेको छ । शनिबार (बैशाख १८ गते) रातको १२ बजेबाट लागुहुने गरी प्रमुख जिल्ला अधिकारीले उक्त निषेधाज्ञा जारी गरेका हुन् ।

विराटनगर, वैशाख १५ मास्क बनाउन चाँहिने कच्चा पदार्थको अभाव हुँदा नेपालका २२ मास्क उद्योग बन्द हुन पुगेका छन् । मास्कलाई कानमा अड्याउने डोरी र मास्कको भित्री भागमा प्रयोग हुने व्याक्टेरीया फिलटर पेपर (मेलबन)को अभाव हुँदा यँहाका उद्योगहरु बन्द हुन पुगेको हो । माक्समा प्रयोग हुने डोरी र मेलबन पेपर भारतबाट नेपाल आयत हुने गर्दछ । […]

काठमाडौं, वैशाख १४ नेपाललाई ट्रान्जिट बनाएर विदेशीहरुले तेस्रो मुलुक जान नपाउने भएका छन् । अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आगमन गर्न निषेध गरिएको जनाएको छ । पछिल्लो समय भरतियहरुले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक प्रस्थान गर्ने क्रम बढेसँगै अध्यागमनले उक्त निर्णय लिएको हो । भारतमा तिब्र […]

विराटनगर, वैशाख १३ जिल्ला प्रशासन कार्यलय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले मोरङमा लकडाउनको कुनै पनि सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले मोरङमा हाल लकडाउनको सम्भावना आईनसकेको र संघीय सरकारबाट लकडाउनका लागि कुनै पनि निर्देशन प्राप्त नभएको बताए । न्यू सृष्टि दैनिकबाट

ईटहरी, वैशाख ९ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवविरुद्ध नाबालिगलाई करणी गरेको उजुर परेको छ । बुधवार राति करणीमा परेको भनीएकी १७ वर्षिय बालिकाको आमाले ईलाका प्रहरी कार्यालय धरानमा जाहिरी दिएकी थिइन् । जाहिरी परेसँगै धरान ४ स्थित डुकु होटल एण्ड लजबाट बुधवार साँझ अध्यक्ष यादव पक्राउ परेका थिए । होटलमा यादवको साथमा ति […]

काठमाडौं, वैशाख ९ पेट्रोलमा नेपाल सरकारले ५५ रुपैयाँ ८६ पैसा कर लगाएको छ । भारतबाट ६० रुपैयाँ ५५ पैसामा प्रति लिटर पेट्रोल सरकारले खरिद गर्दैछ । त्यस्तै ५७ रुपैयाँ २५ पैसामा किनेको डिजलमा ३८ रुपैयाँ ५३ पैसा नेपाल सरकारले कर लगाएछ । मट्टितेलमा सरकारले १९ रुपैया ९८ पैसा कर लगाएको छ । भारतबाट मट्टितेल सरकारले […]

काठमाडौं, वैशाख ८ मास्क नलगाई हिँड्नेहरुलाई अब जिल्ला प्रशासन कार्यलय काठमाडौंले कारवाही गर्ने भएको छ । प्रशासनका अनुसार मास्क नलगाई हिँड्नेलाई प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) भएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बढ्दै गएको कोभिड १९को संक्रमणलाई मध्यजनर गर्दै उक्त रणनिति अपनाउनु परेको बताएका छन् । उक्त नियम कडाईका साथ लागु […]

विराटनगर, वैशाख ७ दोस्रो चरणको कोभिड १९ को केशहरु बढ्न थालेसँगै विराटनगरका अस्पतालहरुमा स्वास्थ्य सुरक्षा समाग्रीको प्रयोग पुनः बढेको छ । करोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै विराटनगरका अस्पतालहरुले स्वास्थ्य समाग्रीहरुको प्रयोगलाई बढएका हुन् । विराटनगरका अधिकांस हस्पिटलहरुमा मास्क पहिरन अनिवार्य गरिएको छ । एप्रोन तथा पीपीईलाई चिकित्सय कक्षभित्र पुनः प्रयोगमा ल्याउन थालिएको छ । अस्पतालका […]