२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

सामूहिक लगानी कोषको अवसर र चुनौतीबारे रोट्रयाक्ट सदस्यहरूलाई प्रशिक्षण

विराटनगर, फागुन १८ ।  रोट्रयाक्ट क्लब अफ विराटनगरले सिद्धार्थ क्यापिटलको सहकार्यमा शनिबार आफ्ना सदस्यहरूलाई सामूहिक लगानी कोष (Mutual Fund) सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ। क्लबको विराटनगर सिडिओ कार्यालय नजिक अवस्थित आफ्नै भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा सिद्धार्थ क्यापिटलका अफिसर प्रकाश सुवेदीले सामूहिक लगानी कोषको वर्तमान अवस्था, भविष्य र […]

ईटहरी, फागुन १८ ।  शनिबार १७ औं अन्तर्राष्ट्रिय व्हिलचेयर दिवसको अवसरमा स्पाइनल इन्जुरी संघ, कोशी प्रदेशले आयोजना गरेको ‘छैठौं इटहरी व्हिलचेयर रन २०८१’ सफलतापूर्वक सम्पन्न भएको छ। महिला र पुरुष छुट्टाछुट्टै समूहमा गरिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरूलाई क्रमशः रु ८ हजार, ६ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र […]

काठमाडौं, १६ फागुन । नेपाली सेनाका अवकाशप्राप्त महासेनानी डा.महेन्द्रजंग शाहले राजसंस्था पुनर्स्थापना अपरिहार्य भइसकेको बताएका छन् । बिहीबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेनलाई सम्बोधन गर्दै उनले राष्ट्रवाद र राष्ट्रियताको जग बसाल्ने पृथ्वीनारायण शाहको वंशमा अब देशको शासन सत्ता जानुपर्ने उनले बताए । ‘पृथ्वीनारायण शाहले नेपाल राज्यको स्थापना गरेकोमा आज त्यसका उत्तराधिकारीलाई यो मुलुकमा शासनाधिकार सम्पन्न गराउनुपर्छ […]

दलित महिलाको अवस्थामा क्रमिक सुधार देखिए पनि थप प्रयास आवश्यक विराटनगर, फागुन १६ । बिहिबार दलित महिला संघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले दलित महिलाहरूको अवस्थामा विगतको तुलनामा सुधार आएको बताएका छन्। तर उनीहरूले यस्तो सुधार अझै पर्याप्त नभएको र थप प्रयास आवश्यक रहेको पनि औंल्याएका छन्। कार्यक्रममा सहभागीहरूले विपन्न दलित समुदायका […]

विराटनगर,१४ फाल्गुन । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले मंगलबार सुरक्षा निकायका पदाधिकारीहरू सँग छलफल गरेको छ । विराट गोल्ड कप प्रतियोगिता २०८१ का संयोजक नविन रिजालले सुरक्षा निकायका पदाधिकारीहरूलाई प्रतियोगिताका विषयमा जानकारी गराएका थिए । उनले ७ हजार ५ सय दर्शक अटाउने क्षमता रहेको विराटनगरको सहिद रंगशाला र यसको वस्तुस्थितिका विषयमा समेत व्रिफिङ गरेका थिए […]

विराटनगर १४ फागुन । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा ‘अन्तर कलेज हाजिरीजबाफ’ प्रतियोगिता हुने भएको छ । विराटनगरमा मंगलबार क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराएको हो । विराटनगरमा फागुन १६ गते हिसान मोरङको सहकार्यमा हुन लागेको अन्तर कलेज हाजिरीजबाफ प्रतियोगितामा १२ वटा निजी तथा सामुदायिक कलेजबीच प्रतिस्पर्धा हुने अध्यक्ष आर्यन बाँस्कोटाले जानकारी […]

काठमाडौँ ,१३ फाल्गुन ।  अमेरिकी सहयोग नियोग (युएसएड) बाट नेपालमा सञ्चालित र डिजाइनको क्रममा रहेका ७ वटा कार्यक्रमहरु रोकिएको अर्थ मन्त्रालयले जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल नेपालमा सञ्चालनमा रहेको ४ वटा र डिजाइनको क्रममा रहेका तीन वटा कार्यक्रम रोकिएको जनाएको हो। मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले युएसएडद्वारा प्राप्त अनुदान सहायता नेपाल सरकारको बजेट […]

काठमाडौँ– १३ फाल्गुन । काठमाडौँ– शिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन्। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने गर्छन्। सोमबार पशुपति मन्दिर प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासी मध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्।

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]

विराटनगर, १० फाल्गुन । देशभरका शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको गत माघ १६ र १७ गते काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देशैभरिका शिक्षकका विभिन्न घटक संस्थाहरूमा आबद्ध शिक्षकहरू तथा महासङ्घमा आबद्ध शिक्षकहरु आन्दोलनमा होमिएका हुन् । उनीहरूले यसअघि ७५३ वटै पालिकामा ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र बुझाइसकेका छन् भने फागुन […]