| Fine Gold | 1 Tola | NRs. 300400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 4920 |
काठमान्डौं,२८ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा विशेष सम्मान दिइने भएको छ । आइतबार परिवारसहित पोखरा पुगेका शाहलाई पोखरामा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । भ्रमणलाई विशेष बनाउन विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भइरहेको नागरिक अगुवाहरुले वताएका छन् । यस क्रममा उनले विभिन्न मठमन्दिर दर्शन गर्ने, पूजापाठमा सहभागी हुने र स्थानीय व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम […]
विराटनगर,२८ माघ । विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ । विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत विद्यालय तृतीय र श्री मावि कञ्चनबारीले सान्त्वना स्थान प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय […]
विराटचाैक, माघ २७ । मोरङको सुन्दरहरैँचा-१० स्थित विराटचौकमा चौथो विराट एक्स्पो माघ ३० गतेदेखि फागुन १० गतेसम्म आयोजना हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको यो एक्स्पोमा १९४ वटा स्टल रहने छन् । एक्स्पोमा औद्योगिक सामग्रीका ११४, कृषि तथा घरेलु सामग्रीका ४०, अटोमोबाइल्सका १५, होटलका १६ र मुख्य प्रायोजकका ९ वटा […]
विराटनगर,२७ माघ / विराटनगरस्थित भानु कलेजले पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार विशेष समारोह आयोजना गरेर कलेजले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको हो । एमवीवीएसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने पुज्जल खड्का, वीएससी नर्सिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सपना साह, कृषि तथा वन विश्वविद्यालयमा भेटनरी डाक्टरमा छात्रवृत्ति पाउन सफल अनुराग मञ्जिल गेलालसहित पूर्वविद्यार्थी […]
काठमाडौँ ,२४ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही […]
चितवन,२४ माघ ।पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि चितवन अदालतमा उपस्थित गराइँदै छ । साहारा चितवन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने माथि भइरहेको बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको थियो । चितवन अदालतमा बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता […]
विराटनगर, माघ २३ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा मुख्यमन्त्री आदित्यनाथसँगै भुटानी राजा जिग्मे खेसर नामग्याल वांगचुकले पनि संगमस्थलमा डुबुल्की लगाएका छन्। भुटानी नरेशले गंगा पूजा र आरती गरेका थिए। त्यसपछि अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन तथा पूजा गरेका थिए। योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट विमानमा बमरौली एयरपोर्ट पुगेका थिए। त्यहाँबाट सडकमार्ग […]
विराटनगर,२३ माघ । विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने जिम्मेवारी पाएकै दिन उद्योगी नविन रिजालले शहीद रंगशालाको अनुगमन गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई फुटबल प्रतियोगिता गराउने जिम्मेवारी दिएको छ । मंगलबार विराट गोल्डकप फुटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी पाएका रिजालले खेलमैदानको तत्काल […]
काठमाडौं ,२२ माघ । सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई […]
काठमाडौँ ,२२ माघ । सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]