| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, साउन २५ । शुक्रबार बिहान सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु सिक्किमको सोरेङआसपास रहेको थियो। स्थानीय समयअनुसार बिहान ६:५७ मा गएको यस भूकम्पको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ। भूकम्पको प्रभाव व्यापक रूपमा महसुस गरिएको छ। सिक्किम र दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लाहरूमा यसको धक्का […]
विराटनगर, साउन २२ । विराटनगरको पोखरीया माविले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार, विद्यालयका ७५.४५% विद्यार्थी उत्तीर्ण भएका छन्। कुल ३३३ परीक्षार्थीमध्ये २४९ जनाले ग्रेड प्राप्त गरेका छन्। विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार, ११ जना विद्यार्थीले ३.६ भन्दा माथिको जीपीए हासिल गरेका छन्। त्यसैगरी, ७३ […]
विराटनगर,२१ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरका ११ हजार विद्यार्थीलाई पानी खुवाउने योजनामा हस्ताक्षर भएको छ । पूर्व विद्यार्थी तथा विराटनगरका उद्योगी तथा समाजसेवीहरुको सहयोगमा यो योजना बनेको हो । हालै मात्र महेन्द्र मोरङ क्याम्पस विराटनगरमा भएको एक भेलाका बीच उक्त योजनामा हस्ताक्षर भएको छ । यस योजना अन्तगत क्याम्पस परिसर भरी पानी वितरण इकाइहरु बन्ने […]
विराटनगर, साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको छ। विज्ञान संकायतर्फ अरनिको विद्यालय राष्ट्रिय स्तरमै अग्रणी स्थानमा छ। कोशी प्रदेश लगायत समग्र देशका शैक्षिक संस्थाहरूको तुलनामा अरनिको विद्यालयले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको छ। विद्यालयका छात्र राकेश कुमार साह र छात्रा […]
विराटनगर, साउन १९ । विराटनगरको अरनिको आवाशिय माध्यमिक विद्यालयले उत्कृष्ट शैक्षिक संस्था सम्मान प्राप्त गरेको छ। चन्द्रलोक प्रतिष्ठान काठमाडौंले केहि समयअघि रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा यो सम्मान प्रदान गरेको हो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका सांसद अर्जुन नर्सिङ केसी र प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले विद्यालयका प्रिन्सिपल राजेश कार्कीलाई सम्मान हस्तान्तरण गरे। […]
झापा, साउन १८ । नेपालमा सबैभन्दा धेरै रोजगारी सृजना साना तथा मझौला ब्यवसायीले गर्ने गरेपनि उनीहरुलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नरहेको बताइएको छ । नेपालमा ६० प्रतिशत भन्दा बढी रोजगारी साना तथा मझौंला व्यवसायीले सृजना गर्ने गरेको तर उनीहरुलाई राज्यले सम्मान गर्नुको सट्टा सधैं कर असुल्ने साधनको रुपमा मात्रै हेरेको बिर्तामोडका युवा व्यवसायी सजेश शिवाकोटीको […]
विराटनगर,१६ साउन । नेपाल राष्ट्र वैंकले आ.व. २०८१/ ८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले आगामी दिनमा अर्थतन्त्रम पर्ने प्रभावका विषयमा उद्योगी-व्यवसायी, वैंकर्स र चार्टर्ड एकाउन्टेन्टहरुको उपस्थितीमा उद्योग संगठन मोरङले कस्तो आयो मौद्रिक नीति ? परिसंवाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले वर्तमान समयमा वैंकहरुमा पर्याप्त तरलता भएपनि कर्जा प्रवाहमा देखिएको शितिलतालाई […]
विराटनगर, साउन १४। शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका शैक्षिक हस्तीहरूले संचालन गरेको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ। विराटनगरमा होटल म्यानेजमेन्ट मात्र अध्ययन गराउने एक मात्र विराट शिक्षा निकेतन (बीएसएन) स्कुल अफ होटल म्यानेजमेन्टले शनिबार विराट चोकमा रहेको होटल नेपालीरीकामा एक कार्यक्रमको आयोजना गरी […]
विराटनगर, साउन ११ । विराटनगरको रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजले व्यवस्थापन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विहिबार कलेजले कक्षा ११ मा भर्ना भएका ६३७ भन्दा बढी नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै रोजगारमुखी शिक्षाको महत्त्व बारे जोड […]
विराटनगर, साउन ८ । विराटनगर बरगाछीपुर्व रहेकाे कोशी माेडल कलेज (KMC)ले होटल म्यानेजमेन्टका विद्यार्थीहरूका लागि एक विशेष ओरिएन्टेशन कार्यक्रमको आयोजना गर्ने भएको छ। यो कार्यक्रम कोशी प्रदेशकै सबैभन्दा ठूलो पाँच तारे होटल, झापाको मेची क्राउनमा हुने भएको छ। कलेज प्रशासनका अनुसार, यही साउन १२ गते पहिलो चरणको ओरिएन्टेशन हुनेछ। यस कार्यक्रममा एसईईमा अनुत्तीर्ण भएका तर […]