| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
काठमाडाैं, भदाै १२ । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा जयन्तीदेवी राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी छिन्। मतदानमा राईले १९९ मत प्राप्त गर्दा झाँक्रीले ११२ मत हासिल गरिन्। यसअघि नेकपा एमालेबाट विभाजित भएर बनेको यो नयाँ पार्टीमा झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो। पार्टीको केन्द्रीय समिति सदस्यहरूबीच पदाधिकारी चयनका लागि मंगलबार मतदान […]
काठमाडाैं, भदाै ९ । एचडिएल कम्पनीको चौथो त्रैमासिक रिपोर्टले लगानीकर्ताहरूलाई उत्साहित तुल्याएको छ। कम्पनीको मुनाफा तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा ६७.७९% ले वृद्धि भएको छ। यो उल्लेखनीय वृद्धिले कम्पनीको उज्ज्वल भविष्यको संकेत गरेको छ। यदि यही दरमा वृद्धि जारी रहे, आगामी ५ वर्षमा कम्पनीले अभूतपूर्व प्रगति हासिल गर्ने अनुमान गरिएको छ। विश्लेषकहरूका अनुसार, यस्तो वृद्धि […]
कटहरी, भदाै ८ । राजवंशी भाषामा बनेकाे “तोर सङे माया” म्यूजिक भिडियो शनिबार रिलिज भएकाे छ। आर आर म्यूजिक प्रोडक्शन युटूब च्यानलबाट साे म्यूजिक भिडियाे रिलिज गरिएकाे छ। यस भिडियोका मुख्य कलाकारहरू दिनेश राजवंशी र सुस्मीता पाण्डे हुन्। भिडियोलाई आकर्षक बनाउन मुलघाट, धनकुटा, भेजेटार लगायत ६० र ७२ बिघामा रहेको तरराहा सुनसरी जिल्लाको रमणीय स्थलमा […]
विराटनगर, भदाै ८ विराटनगर शिक्षादीप कलेज अगाडी रहेको ड्रेस रुम आउटलेटमा रु ५०० देखीनै अव छानीछानी लुगाहरु पाइने भएको छ । सो कुराको जानकारी ड्रेस रुमकी प्रोपाइटर रेजी शाहीले गराएकी छिन् । विराटनगर १० भुमी प्रशासन रोडमा औपचारिक रुपमा शनिवारबाट ड्रेस रुम खुलेको हो । द अल्टीमेट फेशन एक्सपिरियन्स स्लोगनसहितको यो पसलमा पूर्णतः लेडिज वेयर […]
विराटनगर,७ भदौ । श्रीकृष्णजन्मष्टमीको भोलिपल्ट भदौ ११ गते राधाकृष्ण मन्दिर विराटनगर–१ बाट निकालिने ९३ औँ संस्करणको राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने भएको छ । राधाकृष्ण रथयात्रा समितिद्वारा विहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नौ किलोमिटर यात्राको क्रममा पुष्पबृष्टि गर्नुका साथै ड्रोन र सिसि टिभिबाट सुरक्षा व्यवस्था कायम गरिने जानकारी दिइयो । प्यागोडा शैलीमा बनाइएको उक्त रथको लम्वाई […]
टाङ,७ भदौ । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गरेका हुन् । समिट एयरको नाइन […]
भदाै ४, काठमाडाै । वैज्ञानिक डा. महावीर पुन हाल हेटौंडामा आफ्नो जीवनी पुस्तक बिक्रीमा व्यस्त छन्। उनले चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका थिए। डा. पुनले आइतबार आफ्नो जीवनीको किताब बेच्दै हिँडेको २०० दिन पुगेको र यो अवधिमा करिब १० करोड रुपैयाँ संकलन गरेको जानकारी दिए। उनले करिब १० हजार […]
काठमाडौँ, ३० साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए। उनले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देशबाहिर भाग्नुपरेकोबारे अवगत […]
काठमाडौं ,३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताएका हुन् । देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा […]
सिम्रौनगढ,२९ साउन । माछा खाएपछि झाडापखाला र बान्ता भएका बाराका एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ। उनीहरु एकै घरका हुन् । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामकी दुई छोरी र एक जना छोराको मृत्यु भएको हो। उनकी ९ वर्षीया छोरी ललिमा राम, ७ वर्षीया पुष्पा राम र पाँच वर्षीय छोरा कृषनन्दन रामको मृत्यु भएको […]