०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

विराटनगरमा शुक्रवार “हिलटन रेष्ट्राे” शुभारम्भ

विराटनगर, चैत १३ । विराटनगर ३ दुध फारम नजिक हाइवेमा रहेकाे हिलटन रेष्ट्राेको शुभारम्भ आउँदो शुक्रवार हुने भएको छ । सो कुराको जानकारी संचालक चमेशराज ढकालले दिएका छन् । हाललाई कुनै तामझाम विना सामान्य तरिकाले सफ्ट ओपेनिङ गर्न लागिएकाे संचालक ढकालले जानकारी दिएका छन् । संचालक ढकालका अनुसार  दुबईमा लामाे समय काम गरेर फर्किएका सेफ […]

काठमाडौं ,११ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सामुदायिक विद्यालयमा कुनै पनि बाहनामा शुल्न नलिन निर्देशन गरेकी छन्। मन्त्री श्रेष्ठले  संविधान र कानूनको व्यवस्थाबमोजिम  विद्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्कजस्ता विभिन्न शीर्षक राखेर लिँदै आएको शुल्क नलिएको सुनिश्चित गर्न निर्देशन गरेकी हुन्। मन्त्रीस्तरीय निर्णयका आधारमा मन्त्रालयले […]

विराटनगर,११ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले सकेसम्म शाकाहारी बन्ने प्रयास गर्न आग्रह गरेका छन् । शनिबार एक संस्थाले आयोजना गरेको होलीमिलन कार्यक्रममा बोल्दै नेता पराजुलीले यस्तो बताएका हुन् । उनले धर्म,संस्कृति सभ्यता, मौलिकता देशको प्रमुख जग भएको र यसलाई जोगाउन आवश्यक रहेको बताए । उनले होली पर्वका […]

विराटनगर, चैत ९ फेक भिडियो बनाएर आफ्नो उत्पादनलाई बदनाम गराउन खोजेका भन्दै सेलो तेलको उत्पादक बागमती आयल ईण्डसट्रिजले प्रहरीमा उजुर दिएको छ । सेलो ब्राण्डको सुर्यमुखी तेलमा कैफियत भेटिएको भन्दै मंगलबार एक फेसबुक पेजले भिडियो पोष्ट गरेको थियो । जुन भिडियोमा एउटा कन्ती देखाईएको छ, त्यो कन्तीमा लस्साजस्तो पदार्थ टाँसिएको छ र एक व्यक्तिले सेलो […]

विराटनगर,८ चैत्र । इटहरी उपमहानगरले सबै विद्यालयमा समान पोशाक लागु गर्न गरेको निर्णय कार्यान्वयन हुने भएको छ।  उच्च अदालत विराटनगरले इटहरी उपमहानगरविरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि इटहरीको निर्णय कार्यान्वयनको बाटो खुलेको हो। उपमहानगरभरीका सबै विद्यालयमा भादगाउँले टोपीसहितको पोशाक अनिवार्य गर्ने, निजी विद्यालयहरूले शैक्षिक सामग्री किनबेच गर्न नपाउने, भर्ना शुल्क एक पटकभन्दा बढी लिन […]

विराटनगर, चैत ८ । विवादबीच सभा मोरङको निर्वाचन सम्पन्न बुढीगंगा–२ स्थित थारू संग्राहलय भवन बौराहामा बुधबार थारू कल्याणकारी सभा मोरङको १० औं जिल्ला अधिवेशनको कार्य समिति निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचनकालागि बारम्बारको मिति सारिएपनि ७ चैतमा निर्वाचन हुने भनी निर्वाचन अधिकृत जयराम पंजियारले सार्वजनिक सूचना प्रकासित गरेका थिए । तर सभाको मोरङ अध्यक्षमध्येका एक […]

विराटनगर , ७ चैत्र ।   आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट आफैले गर्ने भएको हो । सहिद रंगशालमा मंगलबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ […]

मोरङ,७ चैत्र । मोरङमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । मोरङ बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। बमबहादुरले बुधबार बिहानका राति १ ४० बजेतिर दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेको दाहालले बताए। उनका […]

भोजपुर,४ चैत्र । भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुँवर खापुङका अनुसार केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो । […]

विराटनगर, ३ चैत्र / २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा स्थापित संघको प्रदेश उपाध्यक्षमा समदर्शी […]