०२ आषाढ २०८३, मंगलबार
16-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

कोशी सरकार परिवर्तनका लागी गठबन्धन गृहकार्यमा

विराटनगर ,२६ चैत । कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा नेकपा एमालेले कसरत थालेको छ । आइतबार बसेको गठबन्धन दलहरूको बैठकले  गठबन्धन दलहरू बिच केन्द्रको सहमति कार्यान्वयन गरेर जाने सहमति भएको छ। संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेको  केदार कार्की नेतृत्वको सरकार  परिवर्तन गर्ने बारेमा गठबन्धनले गृहकार्य थालेको हो ।  प्रदेशसभा सदस्यको […]

विराटनगर,चैत २३। आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलाँगको उपाधि भिडन्त पक्का गरेको हो । अन्तिम सेमिफाइनल खेलमा […]

काठमान्डौं,२१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् । उनले भने ‘पछिल्लो राजनीतिक परिस्थितिमा कर्णालीको मुख्यमन्त्रीमा रहिरहन उपयुक्त नदेखिएपछि पदबाट राजीनामा दिने निर्णय गरेको कुरा जानकारी गराउँदछु ।’ फेरिएको सत्ता समिकरणमा मुख्यमन्त्री एमालेले पाउने सहमति भएको छ । […]

विराटनगर, चैत २१ । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त […]

काठमाडौं,२१ चैत । नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन आज पनि कार्यसम्पादन समिति बैठक बोलाएको छ । अरू दलले घरदैलो थाल्दा कांग्रेसलाई उम्मेदवार छान्न महाभारतनै भएको छ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा आज टुङ्गो […]

काठमाडौं, २० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्धको विरोध कायमै राख्ने निर्णय गरेको छ। मंगलवार पार्टी सभापति शेर बहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन तथा पदाधिकारी बैठकले गृहमन्त्री लामिछाने विरुद्ध संघीय संसदमा विरोध कायमै राख्ने निर्णय गरेको एक नेताले  जानकारी दिए। प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको विषयमा मन्त्रालयगत जवाफ दिने क्रम सुरु […]

काठमाडौं, २० चैत । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सोमबार प्रहरी नायब उपरीक्षक ९डीएसपी० केसीलाई दुई वर्ष कैदसहित नौ लाख ५० हजार जरिवानाको फैसला गरेको हो । डीएसपी केसीले २०७९ […]

विराटनगर, चैत २० । गुणस्तरीय बर्थडे केक,बिस्कुट र बेकरीजन्य स्न्याक्स सहित आईसक्रिम उत्पादन गर्दै आएको किरण क्लासिक बेकरी उद्योगले विराटनगरमा आफ्नाे चाैथाे आउटलेट संचालनमा ल्याएको छ । विराटनगरकाे सबैभन्दा पुरानाे र आधाकारिक बेकरी “किरण क्लासिक“ले  विराटनगरकाे विरेन्द्रसभागृह विपरितमा नयाँ आउटलेट शनिबारदेखि संचालनमा ल्याएकाे हो । शोरुम संचालनको अवसरमा उद्योगले १० दिनसम्म आफ्ना सबै उत्पादमा विषेश […]

विराटनगर, चैत २० । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो । जितसँगै […]

बागमती,१९ चैत । माओवादी केन्द्र बगमतीका संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले विश्वासको मत पाएका हुन् । उनले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, […]