| Fine Gold | 1 Tola | NRs. 300400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 4920 |
विराटनगर, ३० चैत । ‘स्वरोजगार, आत्मनिर्भरता (हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ विराटनगरको आयलनिगम कञ्चनबारीमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी जारी छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा भएको मेला चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुँदैछ । मेलाका लागि आयोजक संस्था साझा प्रयास नेपालले गरिरहेको छ […]
विराटनगर,चैत २९ । वंगलादेशी कम्पनी पठाओले राइड-सेयरसहित आफ्नाे अन्य सेवाहरु विराटनगर लगाएत काेशी प्रदेशकाे विभन्न सहरमा विस्तार गर्ने तयारी गर्दैछ । काठमाडाैंमा पठाओ एकदमै लाेकप्रिय र सुलभ छ । ट्याक्सी सेवा मंहगाे र चालक पनि गनगने हुने भएकाले काठमाडाैंमा यात्रुका लागी पठाओ पहिलाे राेजाई बन्न पुगेकाे हाे । तर विराटनगरकाे परिवेश भने अलिक फरक छ। […]
२९ चैत, काठमाडौं । बिहिबार मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । साे अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ । ईद मुस्लिम धर्मावलम्बीहरूले मनाउने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । महिनाभरी व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै ईद पर्व मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने […]
विराटनगर,२८ चैत । घरपरिवार सुख शान्तिको कामना गर्दै मारवाडी समुदायले विराटनगरमा ३७ औं गणगौर पूजा महोत्सव सोमबार मनाएको छ । नेपाल मारवाडी गणगौर र पूजा समितिले आयोजना गरेको महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रम गरिएको थियो । मारवाडी समुदायका बालबालिका र महिलाहरुले विभिन्न प्रतिभा देखाउदै नृत्य तथा धार्मिक कलाहरु प्रस्तुत गरेका थिए । सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान […]
काठमाडौं २७ चैत राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष लिङदेन स्वंले निषेधित घेरा तोडेका छन् । यसैबीचमा अध्यक्ष लिङदेनलाई प्रहरीले धक्कामुक्का पनि गरेको देखियो । तथापि अध्यक्ष लिङदेनले नेपाल सरकारलाई कडा चेतावनी दिएका छन् । उनले भनेका छन् , राप्रपाले प्रस्तुत गरेको ४० बुँदे माग बमोजिम यदि सरकार मान्न […]
विराटनगर, २६ चैत विराटनगरको पोखरीया विद्यालयमा थेगिनसक्नुको भीड उर्लिएको छ । सोमवार यहाँस्थित पोखरीया मा वि , को इन्ट्रान्स एक्जाममा यस्तो मानवसागर उर्लिएको हो । जम्मा ६ सय विद्यार्थीहरुको लागि आवेदन परेकोमा २५ सयको हाराहारीमा विद्यार्थीको आवेदन परेको थियो । सो कुराको जानकारी पोखरीया मा वि , का प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी गराए । प्रतिष्पर्धाका […]
विराटनगर, २५ चैत । ‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आइतबार देखि विराटनगरमा कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी सुरु भएको छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा महोत्सव सुरु भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले महोत्सवको उद्घाटन गरे […]
विराटनगर, चैत २६ । मोरङ उद्योग व्यापार संघले आफ्नाे ६७औं वार्षिक साधारण सभामा वरिष्ठ फिजिसियन डा. राेशन खड्कालाई सम्मान गरेको छ । चिकित्सा क्षेत्रकाे माध्यमबाट नागरिकलाई प्रदान गरेकाे सेवाकाे उच्च मुल्याङ्कन गर्दै डा खड्कालाई संघले सम्मान गरेको हाे । साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांगेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले डा.खड्कालाई सम्मान पत्र प्रदान गरेका […]
विराटनगर, चैत २६ । मोरङ व्यापार संघले आफ्नाे ६७औं वार्षिक साधारण सभामा उद्योगी एवं समाजसेवी दिनबन्धु गोयललाई सम्मान गरेको छ । संघकाेअस्तित्व र ओझलाई बढाउन गरीएकाे सहयाेगकाे उच्च मुल्याङ्कन गर्दै गाेयललाई सम्मान गरिएको हाे । गाेयल काम विशेषले हाल नेपाल बाहिर रहेकाले प्रतिनिधीलाई सम्मान पत्र जिम्मा लगाईएकाे थियाे । ६७औं वार्षिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांगेसका वरिष्ठ नेता डा. […]
विराटनगर,२५ चैत । आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा २० जनाले दर्ता प्रमाणपत्र बुझेका हुन् । [सूची ]