०२ आषाढ २०८३, मंगलबार
16-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

क्रिकेटर सन्दीप : जिल्लाकाे फैसलामा उच्च अदालतले साेमबार पुन:सुनवाई गर्दै

काठमाडौं ,१० बैशाख ।  क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ । अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ । त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश […]

काठमाडौँ ,१० बैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो । त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले […]

विराटनगर , बैशाख ९  विराटनगरमा सस्तो अनि मिठो मटन सेकुवाको खोजीमा हुनुहुन्छ ? यदि हो भने, कहाँ जाने त ? जाने चाँही, विराटनगरको रेन्बाे-गल्लीमा रहेको “द हेभेन क्याफे एण्ड बार” मा नै हो । यँहा खसीको सेकुवा रु ३०० प्रति प्लेटमा उपलब्ध भइरहेको छ । सो कुराको जानकारी यस द हेभेन बारका संचालक अमित कर्णले […]

विराटनगर, ७, बैशाख , २०८१ हर्टअट्याक अर्थात ह्दयघात अकस्मात हुने मुटु रोग हो । यसको लक्षण पनि अचानक शुरु हुनेगर्दछ । डाक्टरहरुका अनुसार , ह्दयघात छातीको बीच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने , छातीमा दवाव भएको महसुस हुने , छाती हल्का दुखिरहने यी लगायत लक्षणहरु हुन्छन् । पसिना आउने, वाकवाकी लाग्ने […]

धनकुटा, ६ बैशाख । धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो । मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो । अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । […]

विराटनगर, वैशाख ६ । बिहिबार महेश्वरी महिला मञ्च विराटनगरले एकै थलाेमा १५ जाेडीकाे सामूहिक विवाह गराएकाे छ। माेरङ्ग र झापाका १५ विपन्न जाेडीलाई मंञ्चले आज विराटनगरमा सामूहिक विवाह गराएकाे हाे । विराटनगरको श्री विराटेश्वर शिव मन्दिरमा वैवाहिक विधि सम्पन्न गरी बेहुला बेहुलीको संयुक्त टोली विवाह स्थल अतिथि सदन पुगेका थिए । विवाह समाराेहमा नवविवाहित प्रत्येक […]

विराटनगर, वैशाख ६। विराटनगरकाे कञ्चनबारीमा भईरहेकाे व्यापार मेला महोत्सव बिहिबार सुपर हट गायिका ज्याेती मगरले तताउने भएकी छिन् ।  यस अघि कलाकारहरु धुर्मुस सुन्तली, अन्जु कुस्मी, प्रिति पासवान, गायक मेलिना राई, महेश काफ्ले, सुमित खड्का, अन्जु गाैतम, तृष्णा गुरुङ लगाएतले यस मेलामा प्रस्तुती दिईसेकका छन् । ज्याेती मगर आफ्नाे गायनकाे साथ साथै तड्किलाे भड्किलाे प्रस्तुतीकाे […]

विराटनगर ,६ बैशाख । बेलबारी नगरपालिका–६ सोमबारे जितपुरमा याशोक्यानी भगवती मन्दिरमा खुर्सानी हवन गरिएको छ । चैते दशैंकाे अवधिभरि विभिन्न धार्मिक कार्यक्रम तथा अनुष्ठान गरि बुधबार खुर्सानी हवन गरिएको हाे । साधक गोपालप्रसाद कोइरालाले यसकाे थालनी गरि प्रत्येक वर्ष हाेम गर्दै आएका छन् । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.शेखर काेइराला,कांग्रेस केन्द्रीय […]

विराटनगर, वैशाख ५ । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो । यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका थिए । कार्य ब्यस्तताको कारण बास्तोलाले राजीनामा दिएका हुन । गुणस्तरीय शिक्षा प्रदान गरि अब्बल कलेजको रुपमा अर्किडलाई […]

विराटनगर, वैशाख ५ । विराटनगरको आधुनिक भिडियो गेम पार्लर हाईडआउट गेमीङ जोनमा बालबालिका तथा किशोर–किशोरीहरुको आकर्षण बढेको छ । कञ्चनवारीको एयरपोर्ट रोड नहरपारी रहेको सो भिडियो गेम पार्लरमा भिडियो गेम खेल्नेको शंख्या दिनदिनै बढ्दै गएको संचालक अमुल आचार्य बताउँछन् । हाईडआउटमा दैनिक ४० जनासम्मले गेम खेल्ने र  दैनिक ८ घण्टसम्म भिडियाे गेमहरु अकुपाईड रहने आचार्यकाे […]