१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाचार

चाँदबाबु इराकी, डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित

विराटनगर, श्रावण १४ विराटनगरका युवा समाजसेवी चाँदबाबु इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित भएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजीत एक कार्यक्रममा इराकी सम्मानित भएका हुन् । १२ देशका होनहार ३०० युवा सम्मिलित यस भव्य कार्यक्रमका बीचमा आफू सम्मानित हुन पाएकोमा इराकी खुशी व्यक्त गर्छन् । नेपालको राष्ट्रिय झण्डा यतैबाट लगेका उनले उक्त […]

काठमाडौं, साउन १३ श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई गीतकार दिलिप योञ्जन तामाङ्गले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ । आफनो सन्तानको लागी जिवनभर दुःख पिडा नभनी सघर्ष गरेकी आफनी आमालाई समपर्ण स्वरुप गीत लेखिएको हो । मनमा पिडा र वेदना भएपनी […]

काठमाडौं, १० साउन प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् । सुन तस्करीका मुख्य नाइके पक्राउ गर्न सात दिनसम्मको समय दिने र सो समयसम्म पनि नाइके पक्राउ नगरी भरियालाई मात्र थुन्ने […]

विराटनगर, ११ साउन विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, […]

काठमाडौं, साउन ९ नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको भन्दै छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । तस्करी प्रकरणका विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सांसद शर्माले बैठक तत्काल बोलाउन माग गर्दै सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा निवेदन दिएका हुन् । साउन […]

विराटनगर, साउन ९ भन्सार एजेन्ट संघ, विराटनगरले गैर-एजेन्टलाई काम नदिन भन्दै उद्योगाैक तथा व्यापारीक संघसंस्थाहरु ज्ञापन पत्र बुझाएकाे छ । भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सदस्य प्रविण जोशी र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा नेतृत्वको टोलीले सोमबार विभन्न उद्योगी तथा व्यापारीक संघसंस्थालाई ज्ञापन पत्र बुझाएका छन् । उक्त टाेलीले नेपाल उद्याेग परिसंघ केन्द्रिय […]

विराटनगर, साउन ७ जैन स्वेताम्बर तेरापंथी सभा न्यास मण्डल विराटनगरका महासचिव संजय दुगडलाई शनिवार मोरङ प्रहरीले पक्राउ गरेको छ । तेरापंथकै युवक परिषद विराटनगरका अध्यक्ष मोहित लालवानीलाई हातपात तथा गालीगलोज गरेको विषयलाई लिएर दुगडलाई प्रहरीले पक्राउ गरको हो । दुगडले जैन भवनमा धार्मिक कार्यक्रम चलिरहेको बेला जैन मुनीलाई गाली गलौच गर्नुका साथै आफुलाई हातपात समेत […]

विराटनगर, साउन ५ नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च (सीएनआई वाइएफ)ले शुक्रवार विराटनगरमा  ‘मेक इन नेपाल’ अभियान सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मञ्चको कोशी च्यापटरले आयोजना गरेको उक्त अभिमुखिकरण कार्यक्रममा ‘मेक इन नेपाल’ अभियानका अभियानता हितेश गोल्छाले अभियानबारे सहभागीहरुलाई जानकारी गराएका थिए । स्वदेशमा बनेका वस्तुलाई प्रवद्र्धन गर्ने साे अभियानको मुख्य […]

विराटनगर,साउन ५ सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या हुदै आएको प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशका सदस्यसचिव हंसराज वाग्लेले बताएकाछन् । बुधबार विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्यसचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधै उपेक्षा गर्ने गरेको गुनासो गरे । मुलुक संघीय ब्यवस्था गएपनि खेलकुदका लागि प्रदेशलाई आवश्यक […]

काठमाडौं,साउन ५ प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याई छ । गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने […]