| Fine Gold | 1 Tola | NRs. 291500 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 4495 |
विराटनगर, भाद्र १० धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङ राई, यतिवेला चर्चामा छन् । यो चर्चा राम्रो नभएर, नराम्रो चर्चा हो । स्थानीय चुनावताका जति चर्चा हर्कको थियो । चुनाव जितेपछी समेत उनको सत्कर्मले उनलाई चर्चाको केन्द्रमा पुर्याएको जगजाहेर छदैछ । तर, आज यिनै हर्क चर्चाको उच्च विन्दूवाट ओरालो गतितर्फ झरेका छन् । धरान बगरकोटका […]
विराटनगर, श्रावण ३२ विराटनगरमा नेपाल परिवार नियोजन संघ नेपाल(एफपान) को, प्रादेशिक कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । यहाँस्थित इस्टर्न स्टार होटलमा उक्त कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्वू रहेकी थिइन् । यसक्रममा आफ्नो मन्तव्य राख्दै, मन्त्री लिम्वूले, आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेको केही दिन मात्र भएको बताउँदै, […]
बिराटनगर, साउन २८ कोशी प्रदेशका बिभिन्न स्थानहरुमा आएको अबिरल बर्षा संगै बाढी पहिरोको कारण बिभिन्न स्थानहरुमा सडक अबरोध भएको छ। ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका ३ स्थितमा दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका ५ जोड्ने मोटरेबल पुल सम्म जाने अन्दाजी ७ मिटर बाटो बाढीले बगाउँदा दुवै तर्फको सवारी आवामगन बन्द भएको छ । यसैगरी […]
ताप्लेजुङ,दिलकुमार लिम्बू पछिल्लो समय भौतिक विकासको नाममा प्रकृतिक सुन्दरता मासिदै गएको छ । जताततै ठुला ठुला भौतिक संरचनाहरु निर्माण हुदै गएका छन् । यसले जैविक विविधतामा ठुलो प्रभाव पर्दै गएको देखिन्छ । ताप्लेजुङका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्राकृतिक भर्जिनिटी तोडी सकिएको छ । तर मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्र भने अझ सम्म भर्जिन ल्याण्ड रहेको […]
विराटनगर, श्रावण २७ मातृभुमि फाउण्डेशनको आयोजनामा विराटनगरमा युवा सम्मेलनको आयोजना गरिएको छ । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा १२ अगष्टको दिनमा सो कार्यक्रम आयोजना गरिएको कुरा फाउण्डेशनका अध्यक्ष चाँद वावु इराकीले जानकारी गराए । विराटनगरको नमस्कार रिजेन्सीमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी रहेका थिएँ । मन्त्री मोदीले आफ्नो मन्तव्य […]
काठमाडौं, साउन २६ प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले बखेडा झिकेर सांसद सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी छन् । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै आएका सांसद शर्मालाई अहिले कुन हिसाबले पक्राउ गरिएको भन्दै उनले प्रश्न गरिन् । गृहमन्त्री र अर्थमन्त्रीको […]
काठमाडौं, साउन २६ सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा.सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै उनले सचिवालयले आपत्ति जनाएको छ । डा.सुनिल शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साध्ने हिसाबले राज्यसत्ताको दुरुपयोग गरी सांसद शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएको हो । मोरङको क्षेत्र नं.३ बाट […]
विराटनगर, साउन २१ पूर्वमिस नेपाल मध्येकी सवैभन्दा राम्री माल्भिका सुब्बाको घरवार विग्रियो भन्दा धेरैलाई पत्यार नलाग्ला, तर यो वास्तविकता हो । मनोरन्जन क्षेत्र मध्येको सफल जोडी रियाज श्रेष्ठ तथा माल्भिका सुब्बाको मानिन्थ्यो । लभ म्यारिज गरेका यिनीहरुको घरवार आज तासको घरझै भत्कियो । नायिका प्रियंका कार्कीको युट्युव कार्यक्रमका क्रममा माल्भिकाले आँशुको धारासरी यो वियोगान्त कथा […]
बिराटनगर, साउन २१ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ७ बजे झापाको झापा गाउँपालिका(४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका साईकलयात्री इलाम मङसेबुङ गाउँपालिका( ९ का ३० बर्षीय युवराज लिम्बुलाई संका लागि […]
काठमाडौं, १४ साउन । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । माइती नेपालले आज काठमाडौंमा कार्यक्रम आयोजना गरी सांसद शर्मालाई सम्मान गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई दोसल्ला र कदरपत्र प्रदान गरी […]