२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

विराटनगरबाट MBBS प्रवेशपरिक्षामा उत्कृष्ट नतिजा ल्याएका आफ्ना छात्र महतोलाई कान्तिपुर कलेजले गर्‍यो सम्मान

विराटनगर, मंसिर ५ ।  चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजाका साथ नाम निकाल्न सफल भएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको कान्तिपुर कलेजले सम्मान गरेको छ। विराटनगर महानगरपालिका–१० मा अवस्थित कलेजले शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरी एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल तीन विद्यार्थी सहित वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने ४३ विद्यार्थीहरूलाई सम्मान गरेको […]

काठमाडौं,४ मंसिर । जेनजी आन्दोलनपछि फागुन २१ गतेका लागि तोकिएको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा ३६ वटा दल दर्ता हुने भएका छन्। आयोगले कात्तिक मसान्तसम्मको अवधि दिएर दल दर्ताका लागि समय दिएको थियो। दर्ता अवधिमा आयोगमा ३६ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। जसमा सातवटा दर्ता भएर प्रमाणपत्र प्राप्त गरेका छन् भने २९ वटा दलले दर्ताका […]

काठमाडौं,४ मंसिर । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । मण्डलले पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेसँगै उनी पदमुक्त भएका हुन् । मधेश प्रदेशसभाको बैठकमा प्रस्तावउपर छलफल भई मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले उनलाई पदमुक्त गरेको हो । प्रस्तावको पक्षमा ७६ सांसदले मतदान गरेका थिए । प्रदेशसभाकी उपसभामुख बबिता कुमारी […]

काठमाडौं, २ मंसिर – प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित उनको आवासबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। राजावादी गतिविधिमा सक्रिय प्रसाईं यसअघि पनि प्रहरीको […]

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]