| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]
झापा, जेठ १० । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बरावरको स्कूल व्याग सहितका स्टेशनरी […]
भक्तपुर, जेठ ८ । शारीरिक स्फूर्ति, मानसिक सन्तुलन र सौन्दर्यप्रतिको बढ्दो रुचिलाई सम्बोधन गर्दै भिआईपी स्पाले भक्तपुरको राधेराधेमा नयाँ शाखा सुरु गरेको छ। झाक्री प्रकाश भुजेलको प्रमुख आतिथ्यमा शनिबार एक विशेष समारोहका बीच स्पाको विधिवत् उद्घाटन गरिएको हो। उद्घाटनलगत्तै सेवा सुरु भएको स्पामा पहिलो दिनमै उल्लेख्य संख्यामा ग्राहकहरूको घुइँचो देखिएको छ। काठमाडौंको जोरपाटीमा सफलतापूर्वक सञ्चालन […]
विराटनगर, जेठ ७ समाेबार विराटनगरको सगरमाथा सेकेन्डरी बोर्डिङ स्कूलले नयाँ शैक्षिक सत्र २०८२ मा भर्ना भएका ३२३ जना नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै सबै कक्षाका मनिटर चयन गरेको छ।
विराटनगर, जेठ ६ । आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। सरकारले प्रदेश सरकारले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै संघीयताको मर्मअनुरूप नागरिकमा थप आशा र भरोसा पैदा गर्न, आर्थिक–सामाजिक रूपान्तरणको गतिशीलता बढाउन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने […]
भक्तपुर, जेठ ६ । सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने गन्तव्य भक्तपुरको राधेराधे नजिकै स्थापना भएको ‘क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ विगत दुई वर्षदेखि सौन्दर्य सेवाको क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै अघि बढिरहेको छ। सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस सलोनले छोटो समयमै ग्राहकहरूको विश्वास जित्न सफल भएको छ। महिला र पुरुष दुवैका लागि […]
काठमाडाैं, जेठ १। गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ। भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, […]
काठमाडौं,२ जेष्ठ। नेपाल राष्ट्रिय शिक्षक संगठनले हालै विभिन्न जिल्लामा भएका शिक्षकहरूको सरुवाप्रति आपत्ति जनाएको छ । संगठनले जारी गरेको एक प्रेस विज्ञप्तिमा १५८ जना शिक्षकलाई पूर्वाग्रह राखी सरुवा गरिएको घटनालाई ‘पूर्वाग्रही, अराजक र शिक्षक ट्रेड युनियन आन्दोलनलाई कमजोर पार्ने नियोजित प्रयास’ भनेको हाे । संगठनका अनुसार, नेपाल शिक्षक महासंघद्वारा गत चैत्र–वैशाख महिनामा सञ्चालन गरिएको आन्दोलनमा […]
विराटनगर जेठ १ । द्वन्द्वपीडित संघसंस्थाहरुले संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी चयन प्रक्रियामा आपत्ति जनाउँदै समानन्तर आयोग गठन गर्ने चेतावनी दिएका छन् । आज (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै द्वन्द्वपीडितका संघसंस्थाहरुले आफूहरुलाई नागरिक आयोग बनाउन बाध्य नबनाउन चेतावनी दिएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी छनौट प्रक्रिया अपारदर्शी, अविश्वसनीय र पीडितमैत्री नभएको उनीहरुको दाबी […]
काभ्रेपलाञ्चोक, ३० वैशाख । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति […]