०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाज

एमाले विराटनगरको वनभोजः तिक्तता मेटेर एक हुने प्रण

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भएको छ । महाधिवेशनले पार्टीको उपसभापतिमा फरमूल्लाह मन्सुरको नाम टुङ्गो लगाएको छ । निर्वाचन समितिका एक अधिकारीले बताएअनुसार सर्वसम्मतिमा नेतृत्व चयन गर्ने जिम्मा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ । उनले कांग्रेसको विधानमा दुई जना उपसभापतिको व्यवस्था रहेको र सोमध्य एक जनाको […]

काठमाडौँ,३० पुस। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि ५ वर्षे कारबाहीको घोषणा गर्दै पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ। आयोग स्रोतका अनुसार बुधबार अपराह्न दर्ता भएको पत्रमा देउवा पक्षले तीन नेतालाई कारबाही गरिएको जानकारी समावेश गरिएको छ। कारबाहीमा परेका नेताहरूले भने बहुमत विशेष महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेकाले […]

काठमाडौं ,३० पुस /  नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन्। पौडेल र घिमिरे महामन्त्रीमा चयन भएको कांग्रेस नेता अजयबाबु शिवाकोटीले जानकारी दिए। ‘उहाँहरू दुईजना महामन्त्रीमा छानिनुभएको छ,’ शिवाकोटीले भने। अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी छ। महामन्त्री पदमा बुधबार बिहान उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो। सभापति […]

काठमाडौँ,२९ पुस। नेपाली कांग्रेसको विधान महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार बिहान ८ बजे सुरू हुने भनिएको थियो, तर नेतृत्व तहको त्रिपक्षीय वार्ताका कारण ढिला भएको छ । सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधर समूह बालुवाटारमा सहमतिको प्रयासमा व्यस्त छन्। यसैबीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा ढिलो भृकुटीमण्डप पुगेका थिए ।वार्ताको […]

पोखरा,२८ पुस । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक रहेको बताएका छन् । गण्डकी प्रदेशको पोखरामा सोमबार आयोजित गण्डकी-कोशी पर्यटन प्रवद्धन समन्वय समिति गठन तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् । उनले कोशी प्रदेश र गण्डकी प्रदेश बीच पर्यटनमा सहकार्य गर्न आवश्यक रहेको बताए । […]