१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाज

श्रवण दृष्टिविहिन अपाङ्गताको समस्याबारे छलफल

विराटनगर , १४ पुस । अपाङ्गताको क्षेत्रमा शैक्षिक लगानी र सीपविकासको अभाव अझै पनि खट्किएको सरोकारवाला व्यक्तिहरुले बताएका छन् । सरकारका पक्षबाट हरेक किसिमका कानुन र अधिकारको व्यवस्था गरी सुनिश्चित गरिएको भन्ने विषयहरु समेत व्यवहारत प्रयोगमा नआएको गुनासो गरिएको छ । शुक्रबार राष्ट्रिय बहिरा महासंघ नेपालले विराटनगरमा गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो धारणा व्यक्त […]

विराटनगर,४ पुष । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी […]

विराटनगर, म‌सिर २७ । नेपाल पत्रकार महासंघ मोरङको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । जसमा प्रेस चौतारी, प्रेस युनियन र संघीय प्रेस मञ्चको तर्फबाट सुशीला पाठक, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनको तर्फबाट नवराज कट्टेल र प्रेस युनियनको विद्रोही टिमको तर्फबाट भोजराज बस्नेतले उम्मेद्वारी दिएका हुन् । मंसिर २८ गते हुने निर्वाचनका […]

काठमान्डौं,२५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी […]

काठमान्डौं,२५ मंसिर ।  पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आजदेखि पर्साको जिल्ला सरकारी वकिल कार्यालयले बयान लिँदैछ । यो उनको बयान दिने पाँचौँ जिल्ला एवं पाँचौँ सहकारी ठगी प्रकरण हो । उनलाई सोमबार कास्कीबाट काठमाडौँ हुँदै काठमाडौँबाट सिराहा जहाजमा ल्याएर त्यसपछि गाडीमा वीरगञ्ज ल्याइएको थियो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि […]

 काठमाडौं,२५ मंसिर । रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा सिरहाको अर्नमा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० […]

काठमाडाैं,१८ मंसिर। नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले […]

काठमाडौं, मंसिर ११ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। अनुसन्धानका लागि ४० दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले मंसिर २ गते जारी गरेको पक्राउ पुर्जीको […]

विराटनगर, मंसिर ११ । बिराटनगर महानगरपालिकाको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको पहिलो दिन सोमबार विशेष कार्यक्रम सम्पन्न भएको छ। “हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसाको अन्त्यका लागि एकता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पञ्चेबाजासहितको बृहत् जनचेतनामूलक र्‍याली निकालिएको थियो। गैसस महासंघ कोशी प्रदेश, मानव अधिकार सञ्जाल र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को […]

म‌सिर ४,विराटनगर। मंसिर १६ को उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि १५ दल र एक स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको छ। गाउँपालिका अध्यक्षमा राप्रपाका दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार चौधरी विश्वास, एमालेका तुलसीराम विश्वास, जसपाका धर्मेन्द्रकुमार चौधरी, कांग्रेसका बलराम सरदार, माओवादी केन्द्रका नमोनारायण माझी, मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारु, मंगोल नेशनल […]