०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाज

अजिटम सेवा केन्द्र सञ्चालन गर्न महानगर र करुणा फाउण्डेसनबीच सम्झौता

विराटनगर,२३ पुस / विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ । अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र विराटनगर महानगरपालिकाबीच सोमबार सम्झौतापत्र आदानप्रदान भएको छ । सेवा केन्द्रमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउण्डेसनका […]

विराटनगर,२३ पुस । उद्योग संगठन मोरङले विराटनगरमा विराट एक्स्पो २०२५ को आयोजना गर्ने भएको छ । विराटनगर वडा नं. १४ जतुवामा रहेको डिग्री क्याम्पसको मैदानमा एक्स्पो हुनेछ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक उद्योग संगठन मोरङले एक्स्पो भव्य रूपमा सम्पन्न हुने जानकारी दिएको छ । जसका लागि संगठनका उपाध्यक्ष भोलेश्वर दुलाललाई संयोजक र कार्यकारिणी समितिका सदस्य […]

काठमान्डौं,२१ पुस । बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर किर्तिमान राखेका हुन् । उनी बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन् । हिमालकाे सफल आराेहण […]

विराटनगर,१८ पुस ।  नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य कृष्णप्रसाद सिटौलाले जनताको माझबाट गरिबी हटाउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनबाट कोशी प्रदेशमा  निर्वाचित पत्रकारहरूलाई सम्मान कार्यक्रममा बोल्दै नेता सिटौलाले कांग्रेसले जनताको पक्षमा पर्याप्त काम गर्न आवश्यक रहेको बताएका […]

काठमाडौँ, १८ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ । पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् । उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस गरेको भन्दै लेखेका छन् ‚‘रास्वपाले […]

विराटनगर,१७ पुस/ कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले जग्गादातासहित उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ । चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसर पारेर महासंघले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । महासंघले समाजसेवी तथा जग्गादाता सुरेशकुमार श्रेष्ठ र कमला श्रेष्ठलाई सम्मान गरेको छ । महासंघको भवन निर्माणका लागि श्रेष्ठ दम्पत्तिले विराटनगर–५ सम्झनाचोकमा करिब […]

विराटनगर, पुष १६ । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि आज बिहान फेला परेको कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। कार्यालय अगाडिको घुम्ती पसल नजिक कालो झोलाभित्र प्लास्टिकको झोलामा राखिएको कुकर बमबारे अज्ञात समूहले प्रहरीलाई खबर गरेका थिए। बम निष्क्रिय पार्न नेपाली सेनाको विशेष टोली, तालिम प्राप्त कुकुर र नेपाल प्रहरी परिचालित भएका थिए। सोही समूहले […]

विराटनगर , १४ पुस । अपाङ्गताको क्षेत्रमा शैक्षिक लगानी र सीपविकासको अभाव अझै पनि खट्किएको सरोकारवाला व्यक्तिहरुले बताएका छन् । सरकारका पक्षबाट हरेक किसिमका कानुन र अधिकारको व्यवस्था गरी सुनिश्चित गरिएको भन्ने विषयहरु समेत व्यवहारत प्रयोगमा नआएको गुनासो गरिएको छ । शुक्रबार राष्ट्रिय बहिरा महासंघ नेपालले विराटनगरमा गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो धारणा व्यक्त […]

विराटनगर,४ पुष । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी […]

विराटनगर, म‌सिर २७ । नेपाल पत्रकार महासंघ मोरङको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । जसमा प्रेस चौतारी, प्रेस युनियन र संघीय प्रेस मञ्चको तर्फबाट सुशीला पाठक, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनको तर्फबाट नवराज कट्टेल र प्रेस युनियनको विद्रोही टिमको तर्फबाट भोजराज बस्नेतले उम्मेद्वारी दिएका हुन् । मंसिर २८ गते हुने निर्वाचनका […]