Fine Gold | 1 Tola | NRs. 251400 |
---|---|---|
Silver | 1 Tola | Nrs. 3290 |
काठमाडौँ– १३ फाल्गुन । काठमाडौँ– शिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन्। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने गर्छन्। सोमबार पशुपति मन्दिर प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासी मध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्।
काठमाडौं ,७ फाल्गुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरुलाई आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर […]
विराटनगर,५ फाल्गुन । किशोरीहरुमा हुने हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने महिला सेल्फ डिफेन्स तालिम समापन भएको छ । विराटनगरको सत्यनारयण स्कुलमा उक्त तालिम आइतबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले विद्यालय पढने किशोरीहरुलाई आत्मरक्षाको लागि विद्यालयस्तरमा भएको सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो […]
काठमाण्डौं ,५ फाल्गुन । शनिबार पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश छ । मन्त्रीस्तरीय […]
काठमाडौं ,२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले २०५२ सालमा सुरु गरेको सङ्घर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भइनसकेको बताएका छन् । माओवादीले सङ्घर्ष सुरु गरेको ३०औँ वर्षगाँठको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र […]
सुन्दरहरैंचा, माघ ३० । नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले मङ्गलबार सुन्दरहरैंचाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ज्योतिषसम्बन्धी आधारभूत प्रशिक्षण दिएको छ । परिषद्को दोस्रो बोर्ड बैठक तथा प्रशिक्षण कार्यक्रम आज सुन्दरहरैंचाको औद्योगिक प्रदर्शनी स्थलमा सम्पन्न भएको हो । सिद्धार्थ सेकेण्डरी स्कुल र ब्राइट फ्युचर सेकेण्डरी स्कुलका १ सय जना विद्यार्थीलाई परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला तथा […]
काठमान्डौं,२८ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा विशेष सम्मान दिइने भएको छ । आइतबार परिवारसहित पोखरा पुगेका शाहलाई पोखरामा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । भ्रमणलाई विशेष बनाउन विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भइरहेको नागरिक अगुवाहरुले वताएका छन् । यस क्रममा उनले विभिन्न मठमन्दिर दर्शन गर्ने, पूजापाठमा सहभागी हुने र स्थानीय व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम […]
विराटनगर,२८ माघ । विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ । विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत विद्यालय तृतीय र श्री मावि कञ्चनबारीले सान्त्वना स्थान प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय […]
काठमाडौँ ,२४ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही […]
चितवन,२४ माघ ।पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि चितवन अदालतमा उपस्थित गराइँदै छ । साहारा चितवन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने माथि भइरहेको बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको थियो । चितवन अदालतमा बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता […]