१९ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

आर्थिक

भन्सारले अनावश्यक दुःख दिएको भन्दै विरगञ्जमा एजेन्ट अन्दोलित

काठमाडौं ,माघ २१ श्रीमा डिस्ट्रिब्यूसन नेपाल प्रालिले पर्साको वीरगञ्ज भन्सार कार्यालयबाट भित्र्याएको एउटा गाडीमा भन्सार कार्यालय र विभागले निहुँ खोजेपछि व्यवसायी क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ । गत माघ १४ गते वीरगञ्ज भन्सार कार्यालयबाट जाँचपास स्वीकृत भएर काठमाडौं ल्याउँदै गरेको गाडी धादिङमा गुण्डागर्दी शैलीमा नियन्त्रणमा लिएर वीरगञ्ज नै पुर्‍याइएपछि विवाद देखिएको छ । सबै कागजात […]

विराटनगर, माघ १० अवैध मधिरा ओसार पोसारमा प्रयोग भई जफत गरिएका पाँच दर्जनभन्दा बढी मोटरसाईकल आन्तिरक राजस्व कार्यलय (आराका) मोरङमा विगतको पाँच वर्षदेखि थन्किरहेको छ । समयमै लिलाम नगरिदा प्राय सवै मोटरसाईकलहरु जिर्ण बनिसकेका छन् । पक्राउ परेर थन्किएको अवस्थामा केही स्कुटरहरु पनि छन् । लामो समयदेखि थन्काएर राखिएका थुप्रै सवारी साधनहरु जिर्ण भईसकेका छन् […]

विराटनगर, माघ ५ रोयल मार्बल प्रालि कम्पनीले राजस्व छली गरेको भन्दै आन्तरिक राजस्व कार्यालय विराटनगरले कम्पनीको कागजात नियन्त्रणमा लिएको छ । विराटनगर धरान रोडअन्तर्गत कन्चनबारीमा सञ्चालन हुँदै आएको रोयल मार्बल प्रालिको राजस्व कार्यालय विराटनगरले कागजात नियन्त्रण लिई कारवाहीको प्रक्रिया समेत अघि बढाएको छ । उक्त कम्पनीले राज्यको विभिन्न निकायबाट राजस्व तथा कल छली गर्ने गरेको […]

विराटनगर, माघ २ विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षक नियुक्ति लिएका छन् । उनलाई महानगरपालिकाको शिक्षा शाखाले उक्त नियुक्ति दिएको हो । कानुनतः महानगरको कर्मचारीले महानगर अन्तर्गत संचालनमा रहेका विद्यालयहरुमा लेखापरिक्षकको कार्य गर्न पाउदैनन् । प्रधान एर एण्ड एसोसिएटको फर्मबाट प्रधानलाई विराटनगरको जनपथ मा.वि. र मदरसा फैजुनवि विद्यालयमा […]

विराटनगर, पुष २३ पुष १ गतेबाट विराटनगरको जैन भवनमा शुरु भएको विराट जुत्ता–चप्पल मेला अब एक हप्तासम्म मात्र रहने भएको छ । आजयोकले पुष २९ गते मेलाको समापन हुने बताएको छ । आयोजकका अनुसार विराट जुत्ताचप्पल मेलामा हालसम्म १ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । दैनिक ८ लाखदेखि १२ लाख रुपैयाँसम्मको कारोबार भएको […]

विराटनगर, पुष १८ विगतमा विराटनगर भंसारका अधिकृत समेत रहेका अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध साढे ४ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । ढुङ्गाना १९ साउन २०४९ मा सरकारी सेवामा प्रवेश गरेका थिए । ढुङ्गानाले त्यसयता विभिन्न क्षेत्रमा गरी कूल ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ खर्च तथा लगानी […]

दिनेश खड्का काठमाडौं, पुष १० काठमाडौं महानगरपालिका अन्तर्गत न्युरोडस्थित आरबी कम्पेलेक्सका कपडा होलसेल व्यापारीहरुले व्यापाक कर छली गर्ने गरेको पाईएको छ । उनीहरुले नेपालका विभिन्न ठाँउका खुद्रा व्यापारीहरुलाई लत्ताकपडा बेचबिखन गर्दा कम मुल्यको बिजकहरु जारी गरी कर छल्ने गरेको पाईएको हो । न्युरोड लगाएत काठमाडौंका अन्य स्थानहरुमा पनि यस्ता खाले कर छलीको कारोबार हुने गरेको […]

विराटनगर, पुष ८ विराटनगर ४ निवासी ५४ वर्षिय खडानन्द घिमिरेले २०७६ साल बैशाख ३१ गते आफ्नो जिवन विमा गराए । बिमा गरेको तिन मिहना पुग्न नपाउदै श्रावण १४ गते निमोनियाको कारण उनको मुत्यु हुन पुग्यो । बिमाको महोत्व बुझेका घिमिरेले आई.एम.ई लाइफ इन्स्योरेन्स विराटनगर शाखाबाट २५ लाखको बिमा गराएको थिए । उनले ३ लाख ३१ […]

विराटनगर,पुष ७ पुष १ गेतबाट विराटनगरमा जारी जुत्ता मेलामा छुटको नाममा डिफेक्ट समानहरु सल्टाउने काम भईरहेको गुनासो बढ्न थालेको छ । नेपाली जुत्ता घरले आयोजना गरेको उक्त जुत्ता मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिने बताईएको छ । तर छुटमा दिईने जुत्ताहरु कम्पनीवाट म्यानुफयाक्चर डिफेक्ट (उत्पादन हुदै बिग्रिएको) हुने समेत खुलासा भएको छ । त्यस्ता […]

विराटनगर,पौष २ तातोपानी भन्सारका निवर्तमान तथा विराटनगर भन्सारका पुर्व प्रमुख कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ । ३० वर्षको अवधिमा तलबभत्ता र अन्य सुविधाबापत उनले ५१ लाख रुपैयाँ मात्र कमाएको गरेको देखिन्छ । २०४५मा लेखापाल भएका उनले आफ्नो आर्जनलाई वैध बनाउनकै लागि ०४४ देखि जागिर खाएको दाबी गरेका थिए । २०५४ […]