३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

खेल

एपीएफ विराट गाेलडकपकाे सेमिफाइनलमा

विराटनगर, चैत २० । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो । जितसँगै […]

विराटनगर,१७ चैत । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३-२ गोलले हराउँदै सांग्रीला अन्तिम चारको स्थान सुरक्षित गरेको हो । जितसँगै सांग्रीलाले सोमबार हुने विभागीय […]

विराटनगर,१५ चैत । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई हराउँदै विराटनगरमा बिहीबारदेखि सुरु भएको आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट भएको रात्रीकालिन गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिसलाई ३–० गोलले हराउँदै आरटिएफसीले अन्तिम आठको स्थान सुरक्षीत गरेको हो । जितको […]

विराटनगर ,१५ चैत । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको […]

विराटनगर,१४ चैत । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चैत १५ देखि२४ गतेसम्म विराटनगरको शहिद मैदान सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि हुने ट्रष्टका अध्यक्ष किशोरबहादुर […]

विराटनगर , ७ चैत्र ।   आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट आफैले गर्ने भएको हो । सहिद रंगशालमा मंगलबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ […]

विराटनगर ,१७ फाल्गुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वती, वालिका, सत्यनारायण स्कुल विजयी भएका छन् । पहिलो […]

विराटनगर, फागुन १५ । बुधबारबाट विराटनगरमा शुरुहुन लागेकाे मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियाेगिताकाे पुर्वसन्ध्यामा वृहत माेटरसाईकल र्‍याली निकालिएकाे छ। मंगलबार आयाेजक नेपाल अग्रवाल युवा मञ्चले निकालेकाे उक्त र्‍यालीमा ५० भन्दाबढी माेटरसाईकलकाे सहभागीता रहेकाे थियाे । र्‍यालीकाे अग्रपंक्तीमा एमपिएलकाे कप समेत प्रदर्शनी गरिएकाे थियाे । विभिन्न टिमकाे जर्सि पहिरीएका सहभागीहरुले एमपिएलकाे ब्यानर र भण्डा  र्‍यालीमा […]

विराटनगर ।  फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगरमा  मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । आयाेजक नेपाल अग्रवाल युवा मञ्चले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियाेताबारे जानकारी गराएको हो । १० औं संस्करणको साे एमपिएल विराटनगरमा २मा रहेकाे शंकरपुरको खेल मैदानमा हुने आयाेजकले जनाकारी दिएकाे छ । एमपिएलमा नेपाल अग्रवाल युवा मञ्चको […]

बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेस बलात्कार मुद्दामा दोषी ठहरिएका छन्। २०२२ डिसेम्बर ३१ मा बार्सिलोनाको नाइट क्लबमा युवतीमाथि भएको बलात्कार घटनामा बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले अल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको कैद सजाय सुनाएको हो। तीन जना न्यायाधीशको इजलासले पीडितलाई अल्भेसबाट १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ। ४० वर्षीय […]