३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

खेल

विसिसि बन्यो बी डिभिजन क्रिकेट च्याम्पियन

विराटनगर ,२४ माघ । सुपर ओभरमा जित निकाल्दै विराटनगरको विराटनगर क्रिकेट क्लब (विसिसि) वि डिभिजन क्रिकेट च्याम्पियन बनेको छ । विसिसिले आज वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै वि डिभिजन क्रिकेट च्याम्पियन बनेको हो । खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरीमा स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो […]

विराटनगर, पुष १७ । भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वल्र्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी मोरङकी दीपा बिष्टलाई मंगलबार एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।मोरङको सुन्दरहरैंचा–११ की बिष्टले हैदरावादस्थित लाल बहादुर शास्त्री रंगशालामा पुस २ देखि ५ गतेसम्म आयोजित च्याम्पियनसिपमा युरोप, अमेरिका र एशियाका १६ […]

विराटनगर, पुष ०३ विराटनगरमा तिव्र बस्ती विकास हुदाँ खेलमैदानको रुपमा प्रयोग हुदै आएको यहाँका खाली मैदानहरु मासिदै गएको छ । खाली जग्गाहरुमा घर तथा व्यवसायीक भवनहरु बनाउने क्रम बढेपछि अहिले यहाँका बालबालिका तथा युवाहरुलाई आउटडोर गेम खेल्नको लागी समेत खाली मैदानको अभाव हुन थालको छ । बिगतमा जो कोहीपनि निशुल्क प्रवेश गरी खेल्न पाउने सहिद […]

झापा, मंसिर २२ आसन्न टी २० प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिताको लागी कोशी प्रदेशमा महिला क्रिकेट खेलाडीको छनोट खेल शुक्रबार सम्पन्न भएको छ । कोशी प्रदेश क्रिकेट संघको आयोजनामा बुधबारबाट झापाको काकडभिट्टामा सो छनोट खेल शुरु भएको हो । छनोटको लागी दैनिक एक म्याच गरि कुल ३ वटा म्याच आयोजना भएको थियो । सबै म्याचमा झापाले मोरङ […]

विराटनगर,मंसिर ५ विराट गोल्डकप फुटवल  सम्पन्न भएको ७ महिना वितिसक्दा पनि उक्त टुनामेन्टकाे वास्तविक आम्दानी र खर्च सार्वजनिक भएकाे छैन । विराट गोल्डकप फुटवल ट्रष्टले गोल्काप टुनामेन्ट सम्पन्न गर्न विराटनगर महानगर पालिकाका प्रमुख समेत रहनु भएका नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो। विराट गोल्डकप सम्पन्न भए पछि लेखा परिक्षण अडिट गरि कागजपत्र ट्रष्टलाई बुझाउनु पर्नेमा […]

विराटनगर, साउन २५ विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको फाइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल पुगेका छन् । विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगितामा गल्र्स सिंगलतर्फ एभरेष्ट स्कुलकी कृपा पोखरेलले श्री श्री रविशंकर स्कुलकी सिम्रन सुवेदीलाई ११–२, ११–१ र १–११ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश […]

विराटनगर,साउन ५ सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या हुदै आएको प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशका सदस्यसचिव हंसराज वाग्लेले बताएकाछन् । बुधबार विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्यसचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधै उपेक्षा गर्ने गरेको गुनासो गरे । मुलुक संघीय ब्यवस्था गएपनि खेलकुदका लागि प्रदेशलाई आवश्यक […]

विराटनगर सङ्खट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् । बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद ८५ हजार रुपैंया पाएकी […]

विराटनगर प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा सुरु भएको छ । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । ४ विधामा हुने प्रतियोगिताको पहिलो दिन १० जना सेमिफाइनल र २० जना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ सुप्रिम पन्तले सुवास भट्टराईलाई र विनय […]

धनकुटा धनकुटामा बुधवार सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । टुँडिखेलमा दिउँसो २ बजे प्रतियोगिता उद्घाटन गरिदैछ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाटन समारोह पश्चात दिउँसो ३ बजेबाट खेल सुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए । उद्घाटन खेलमा आयोजक […]