१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नेपाल पक्षबाट फिर्ता

विराटनगर ,चैत्र १८ नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएको छ । मङ्गलबार सामूहिक रुपमा १६ जना माधव नेपाल पक्षका सांसद्ले हस्ताक्षर फिर्ता गरेका हुन् । गत पुस १२ गते तत्कालिन नेकपा प्रचण्ड–माधव समूहका ३७ जनाको हस्ताक्षरसहित अविश्वास जनाएपनि नेपाल पक्ष र माओवादी केन्द्रका केहि […]

काठमाडौं, चैत १७ प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । ओलीले मंगलबार काठमान्डौंमा रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । भत्ता कती बढ्ने भन्ने बारे उनले खुलाएका छैनन् ।

विराटनगर, चैत्र १७ शिक्षा मन्त्रालयले वायुमण्डल प्रदुषित भएको कारण देखाएर आजबाट ४ दिनका लागि देश भरिकै शिक्षण संस्था विदा गर्ने निर्णय गरेकोे छ । उक्त निर्णय कार्यान्यन गर्ने वा नगर्ने बारेमा धरान उपमहानगर छलफल भइरहेको छ । प्याब्सन, एन प्याब्सन र शिक्षक संघसंगठनहरुसँग भइरहेको उक्त छलफलमा छुट्टी गर्नु आवश्यकता छ की छैन भन्ने बिषयमा भइरहेको […]

काठमान्डौं , चैत्र १७ सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ । नेकपा नाम ऋषि कट्टेललाई दिएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको भन्दै सर्वोच्चमा निवेदन दर्ता गराईएकाे छ । मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितकाे नेताहरु सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् । उनी सँगै  वर्षमान पुन, […]

काठमान्डौ, चैत्र १७ कोरोना संक्रमितको उपचारका लागि सातै प्रदेशमा आइसोलेसन कक्ष स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरुलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ ‘हाल कोभिड–१९ को संक्रमण छिमेकी मुलुकहरुमा बढिरहेको सन्दर्भमा सबै नाकास्थित हेल्थ डेस्कहरुमा परीक्षणको व्यवस्था गरिएको र कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएकाहरु सार्वजनिक बसहरुद्वारा नै यात्रा गरिरहेको […]

काठमाडौं, चैत १६ विश्वका १० स्थानमा हरेक वर्ष ठूलो उत्साहका साथ रंगहरुको पर्व मनाइन्छ । यस्ता पर्व हिन्दुले मात्र नभएर विश्वभरी विभिन्न धर्म अंगाकाहरुले मनाउने गर्दछन् । विश्वभरि विभिन्न नामले रंगहरुको पर्वलाई मनाउने गरिन्छ । अमेरिकाको फ्ललोरोडा राज्यमा एक पटक कलर–पार्टी मनाईएको थियो । सो पार्टीका भएको दिन हरेक वर्ष उक्त स्थानमा कलर पार्टीका गरिने […]

विराटनगर, चैत्र १६ होली पर्व आज तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासपूर्वक मनाइँदै छ । फागु पुर्णिमाको भोली पल्ट तराईमा रंगहरूको पर्व फागु (होली)मनाइने चलन छ । पहाडी तथा हिमाली क्षेत्रमा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइसकिएको छ । होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिएको छ । […]

काठमाडौैं, चैत्र १५ काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु भएको छ । काठमाडौंको महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर आइतबार दिउँसोबाट पानीको बितरण सरु गरेको हो । बिभिन्न ठाउँमा बिच्छ्याइएका पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेका हो । आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुन काठमाडौं उपत्यका खानेपानी लिमिटेड […]

काठमाडौं, चैत १५ आज हिमाली एवं पहाहडी जिल्लाहरुमा होली मनाईदैछ । रङहरुको पर्व रुपमा चिनिने यस पर्वलाई फागुन शुक्ल पूर्णिमाका दिन मनाउने गरिन्छ । तराईंका जिल्लाहरुमा भने पूर्णिमाको भोलीपल्ट होली मनाईन्छ । कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै यो वर्ष ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रह समेत गरेको […]

विराटनगर , चैत्र १५ जिल्ला प्रहरी कार्यालय मोरङले बिभिन्न देशहरुमा बढी रहेको दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै घरमै होलि मनाउन आग्रह गरेको छ । सार्वजानिक क्षेत्रमा हुने भीडभाड नगरी होलि खेल्न प्रहरीले अनुरोध गरेको हो । यस पटकको होलिमा प्रहरीले विशेष निगरानी र सुरक्षा चेकजाँचलाई कडाई गरेर मात्र होलि खेल्न दिने भएको हो । […]