| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
कञ्चनपुर, आसोज २३ कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी बालात्कारको आरोपमा पक्राउ परेका छन् । एक स्थानीय महिलाले आफूमाथि बलात्कार भएको आरोप लगाएपछि ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । हाल उक्त घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन् ।
विराटनगर, आसोज २३ चिनियाँ राष्ट्रपति सी जिनपिङ यही शनिबार नेपाल आउने पक्कापक्की भएको छ । राष्ट्रपति सी को भ्रमणबारे चिनियाँ परराष्ट्र मन्त्रालयले अधिकारीक जानकारी समेत दिईसकेको छ । राष्ट्रपति सि को सुरक्षालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले ‘थ्रेट एनालाइसिस’ समेत गरिसकेको छ । थ्रेट एनेलाइसिस रिपोर्टका अनुसार ‘फ्री तिब्बत अभियान’ मा संलग्न व्यक्तिले राष्ट्रपतिलाई सी […]
इटहरी, असोज २२ बडा दशैको दिन सुनसरीको इटहरी १७ स्थित पकलीको एउटा परिवारमा दर्दनाक घटना घटेको छ । श्रीमती र ६ वर्षिया कलिली छोरी मारेर एक जना व्यक्तिले आत्माहत्या गरेको छन् । तीनै जनाको लास घरभित्र भेटिएको छ । श्रीमान् राकेश शर्मा झुण्डिएको अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती पुनमको लास टिनको बाकसभित्र भेटिएको […]
विराटनगर, असोज २० सामाजिक कार्यमा सर्मपित भारतको ख्वाब फाउडेशनलले विराटनगरका युवा अभियानकर्मी चाँद बाबू इराकीलाई विश्व शान्ति दुतको पदवी दिने भएको छ । यही अक्टोवर १५ तारिक बिहारको पुर्वीय चम्परनमा फाउडेशनले आयोजना गर्न लागेको दुई दिने ग्लोबल गान्धी पिस कन्फरेन्समा इराकीलाई उक्त पद्धवी प्रधान गरिने बताईएको छ । ख्वाब फाउडेशनले इराकलाई इमेलमार्फत उक्त कार्यक्रममा सरिक हुन […]
विराटनगर, असोज १९ केहि वर्षदेखि धुलो र हिलोको समस्याले विराटनगरवासीलाई आक्रान्त बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको यो महानगरपालिकामा अहिले सडकहरु जताततै भत्काईएको छ । भत्किएका सडकबाट सिर्जित धुलोले नगर धुलाम्मे बन्ने गरको छ भने पानी परेपछि सडक हिड्नै नमिल्ने गरी हिलाम्मे हुने गरेको छ । उक्त विषयमा विराटनगरवासीले चौतर्फी विरोध गरेपछि महानगरपालिकाका मेयर भिम […]
विराटनगर, असोज १९ डिभी भर्नेहरुको लागी यस पटक पासर्पोट र ईमेल आईडी अनिर्वाय गरिएको छ । अनिवार्य पासपोर्ट चाहिने प्रावधानका कारण डिभी भर्नेहरुको संख्यामा कमी आउने अनुमान गरिएको छ । प्रायजसो, कुन देश जाने र के कामको लागी जाने भन्ने माइन्डमेकअप र तयारी गरेपछि मात्र नेपालीले पासपोर्ट बनाउने गर्दछन् । नेपालमा समान्यता पासपोर्ट बनाउनका लागी […]
काठमाडौं, असोज १७ नेपालस्थित राष्ट्रसंघ, अमेरिका, अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे र स्वीट्जरल्यान्डको दूताबासले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा बढ्दै गएको महिला हिंसा बारे चासो देखाएको छ । लिंगको आधारमा हुने हिंसामा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको समेत उनीहरुले नेपाल सरकारलाई स्मरण गराएका छन् । निर्मला पन्त प्रकरणको उदाहरण दिदै हिंसामा परेकाहरुलाई न्यायको प्रत्याभुति गराउन […]
विराटनगर, आसोज १७ देशमा बेरोजगारी छ, बेरोजगारी अन्त्यका लागी सरकारी तबरबाट प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भईरहेको छ । सरकारसँगसँगै निजि क्षेत्रपनि राष्ट्रको बेरोजगारी अन्त्य गर्नतर्फ लागि परेका छन् । जसको ज्वलन्त उदारण बनेको छ विराटनगरको सफल जब सेन्टर । सफल जब संचालनमा आएको करीब एक वर्ष भएको छ । यो अवधिमा यस सेन्टरले विराटनगर र […]
विराटनगर, असोज १६ सिआईएन नेपाल डटकमका पत्रकार अनिल बर्मा आज बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवबाट कुटिएका छन् । नगरपालिकामा प्रयोग हुने सवारी साधान र त्यसमा खपत हुने बारे ईन्धनको बारे सोधपुछ गर्न जादा आफुलाई मेयर यादवले कुटपटि गरेको पत्रकार बर्माको आरोप छ । पत्रकार बर्माले भन्छन् “मेयरको कर्यकक्षमा प्रवेश गर्ने वित्तिकै मेयरले मलाई नानाथरी […]
काठमाडौं,असोज १५ सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि डिभीको आवेदन खुलेको हो । ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे आवेदन बन्द हुने अधिकारी वेभसाईटमा बताईएको छ । यस पटकावाट आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । यस वर्ष ५५ […]