| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
जनकपुर, २०८१, भदाै २६। बाराको निजगढमा एक दुःखद घटना घटेको छ जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्। घटनामा उनका दुई छोरीहरू पनि घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार, निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले आफ्नी ४० वर्षीया श्रीमती लक्ष्मी राईको खुर्पा प्रहार गरी हत्या गरेका हुन्। […]
विराटनगर, २५ भदौ । कोशी प्रदेसका पुर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार देखि आमरण अनशन वस्ने घोषणा गर्नु भएको छ । प्रेस युनियन मोरङले साेमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन उहाले आफु मुख्यमन्त्री हुदा ल्याएको कार्यक्रम कटौती गरेको भन्दै आमरण अनशन वस्न लागेको घोषणा गर्नुभयो । मंगलवार अपरान्ह–४ वजे देखि कोशी प्रदेस सभा अगाडी आमरण अनशन […]
विराटनगर, भदाै २३ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनियोजित र दबाबमा आधारित विकास निर्माणले भविष्यमा गम्भीर समस्याहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन्। आइतबार निर्माण व्यवसायी संघ मोरङको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्। मुख्यमन्त्री कार्कीले भने, “संघ, प्रदेश र स्थानीय तहले आवश्यकताको आधारमा नभई दबाबका आधारमा जथाभावी निर्माण […]
विराटनगर, भदाै २१ । विराटनगर २ तीन पैनीमा रहेको विएसएन स्कुल अफ होटल मेनेजमेन्टले बिहीबार हरितालिका तीज पर्व मनाएकाे छ। स्कुल परिसरमा आयोजित साे कार्यक्रममा यसै वर्ष भर्ना भएका होटल मेनेजमेन्टका विद्यार्थीहरूलाई हरितालिका तीजको महत्व र परम्पराबारे जानकारी समेत गराईएकाे छ। कार्यक्रममा स्कुलका प्रोग्राम डाइरेक्टर मनोज राजवंशीले तीज पर्वको महत्व दर्शाउँदै सबैलाई शुभकामना दिए। उनले […]
कञ्चनपुर ,२१ भदौ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ, यसले चीनसँग जोड्छ ।” प्रेस युनियन कञ्चनपुरद्वारा महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा […]
झापा, भदौ २० । झापाका महिला उद्यमीहरुले हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोडमा ‘तीज विषेश कार्यक्रम’ सम्पन्न गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहले अतिथि सदनमा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न गरेका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य तथा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा […]
विराटनगर, भदाै २० । ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गर्न सुरु गरेको छ । असोज मसान्तभित्र लाइट जडान गरिसक्ने गरी कार्य सुरु गरिएको महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक […]
विराटनगर,भदाै २० । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर भाषा, कला र संस्कृतिमा धनी महानगरपालिका भएको बताउनुभएको छ । तीज पर्वका अवसरमा महानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगर क्षेत्रभित्र विभिन्न १२२ जातजातिको बसोबास रहेको बताउनुभयो । १२२ वटै जातिको आ–आफ्नै भाषा, कला र संस्कृति भएको बताउँदै मेयर […]
विराटनगर, भदाै १६ । आत्महत्या रोकथाम सहजिकरण सम्बन्धि तालिम शनिबार विराटनगरमा समपन्न भएको छ । आत्महत्या रोकथाम एंव निरुत्साहित गर्न त्यसको जोखिम र पहिचानका विषयमा साे तालिममा सहभागीहरुलाई प्रशिक्षित गराईएकाे छ । विराटनगर महानगरपालिकाको समन्वयमा साइ डेस्क र वल्डलिंक कम्युनिकेशन प्रा.लिको आयोजनामा दुई दिनसम्म चलेकाे तालिममा विराटनगर महानगरपालिकाका १९ वटै वडा स्वास्थ्यकेन्द्रका प्रमुख ,महानगरपालिकाका स्वास्थ्य […]
सुनसरी, १६ भदौ। सुनसरीको देवानगञ्जमा हिन्दू सनातन धर्म छोडेका र विभाजित भएकाहरूलाई पुनः सनातन धर्ममा स्वागत गरिएको छ। विश्व हिन्दु परिषद नेपालले शनिबार ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) कार्यक्रम आयोजना गर्दै झण्डै १५ सय मानिसहरूलाई स्वागत गरेको हो। उनीहरूलाई पुष्प, अक्षता छर्केर स्वागत गरिएको थियो। श्रीकृष्ण मावि छेउको मैदानमा भएको कार्यक्रममा विभिन्न राजनैतिक तथा धार्मिक […]