०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

५७ जिल्लामा फैलियो डेङ्गु

काठमान्डौंँ,१२ जेठ ।डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी […]

काठमान्डौंँ,१२ जेठ । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको […]

विराटनगर, जेठ ११। विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको व्यक्तिगत पहलमा ज्येष्ठ नागरिक आमाहरुलाई निःशुल्क चलचित्र हेर्ने व्यवस्था मिलाएकी छन् । जेष्ठ नागरिक आमाहरूलाई वहाँहरूको मानसिक स्फूर्ति र मनोरञ्जनका लागि साथै नेपाली चलचित्रको वर्तमान अवस्था र चलचित्रको माध्यमबाट कलासँग जोड्ने एवम् नेपाली चलचित्रको प्रवर्द्धन समेत हुने उद्देश्यले विराटनगर महानगरपालिका वडा नं. ११ का जेष्ठ नागरिक […]

विराटनगर, जेठ ११ ।  सन्तोषी मातालाई हिन्दु धर्ममा महत्त्वपूर्ण देवी मानिन्छ। सन्तोषी मातालाई सन्तुष्टि, खुसी, शान्ति र वैभवकी देवीको रूपमा हिन्दु धर्ममा पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार सन्तोषी माता भगवान् श्री गणेशको छोरी हुनुहुन्छ(यद्यपि पुराणमा यो उल्लेख गरिएको छैन)। सन्तुष्टि हाम्रो जीवनमा धेरै महत्त्व राख्छ। यदि सन्तुष्टि छैन भने, एक व्यक्ति मानसिक र शारीरिक रूपमा […]

विराटनगर,११ जेठ । सत्ता गठबन्धनको ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकजना मिडिया मालिक पक्राउ पर्दैमा डेमोक्रेसि नै खतरामा पर्यो भन्नु गलत हुने धारण व्यक्त गरेका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणलाई उनले अदालती प्रक्रिया भएको र यसलाई कुप्रचार गर्न आवश्यक नभएको बताए । बिहीबार झापा आइपुगेका ओलीले भने ‘एकजना […]

विराटनगर,११ जेठ/ नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशले सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितासहित विभिन्न कार्यक्रम एव प्रदेश भेला सम्पन्न गरेको छ ।  दाैड प्रतियाेगितामा विराटनगरका कपलेश्वर यादव प्रथम भएका छन् । त्यस्तै विराटनगरकै अनन्तराम चौधरी द्वितीय र इलामका सुरेश भट्टराई तृतीय भए । त्यस्तै महिलातर्फ मोरङकी इन्दु साह प्रथम, ताप्लेजुङकी माला […]

विराटनगर,८ जेठ/ विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् । महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिए । शिविरको औपचारिक रुपमा समापनसमेत गरिएको छ । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत […]

विराटनगर,८ जेठ / अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) का प्रमुख श्रीमत् महाविष्णु स्वामीमहाराजलाई मंगलबार विराटनगरमा भव्य स्वागत गरिएको छ । इस्कोन नेपालको विराटनगर शाखाका सचिव भानुभक्त जोशी सहित पदाधिकारीहरूले स्वामीलाई स्वागत गर्नु भएको थियो । मंगलबार विराटनगर आइपुग्ुनु भएका स्वामीले विराटनगर, धरान र झापाको कार्यक्रममा सहभागिता जनाउनु हुने भएको छ । बेलायतमा जन्मिएका स्वामी महाराज सन् […]

विराटनगर,७ जेठ । विराटनगरमा रहेको मानव सेवा आश्रमलाई विभिन्न दाताहरुले भवन निर्माण तथा आवासीय सेवाका लागि आर्थिक सहयोग गरेका छन् । आश्रममा आयोजित एक कार्यक्रमका बीच दाताहरुले सहयोग गरेका हुन् । विराटनगरका समाजसेवी चिरन्जीवी दाहालले ५ लाख ११ हजार १ सय ११ रुपैयाको चेक प्रदान गरेका छन् । यस्तै ट्रान्स नेपालका तर्फवाट मुकेश राठीले ५ लाख […]

विराटनगर,७ जेठ । देशभर पोलियो विरुद्धको आईपीभी राष्ट्रिय खोप अभियान जेठ १३ देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । जसमा वि.स.२०७३ साल देखि २०७५ असोज सम्म खोप लााउन छुटेकाहरुलाई समेटिने छ । ती सालहरुमा खोपको उपलब्धता नभएका कारण देशभरका बालबालिका खोपबाट बन्चित भएका थिए । उक्त कार्यक्रम अन्तरगत मोरङमा मात्रै ५२ हजार ३५२ बालबालिकालाई […]