०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

ड्यानी एल्भेस बलात्कार मुद्दामा दोषी

बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेस बलात्कार मुद्दामा दोषी ठहरिएका छन्। २०२२ डिसेम्बर ३१ मा बार्सिलोनाको नाइट क्लबमा युवतीमाथि भएको बलात्कार घटनामा बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले अल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको कैद सजाय सुनाएको हो। तीन जना न्यायाधीशको इजलासले पीडितलाई अल्भेसबाट १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ। ४० वर्षीय […]

११ फागुन, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् । मार्बल बनाउने ढुङ्गा बोकेको आर।जे। २९ जी।बी। १५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । उनीहरुको उद्धारको प्रयास जारी छ ।

बिराटनगर, फागुन ०९ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लेनदेन विगो मुद्धामा  मोरङ जिल्ला अदालतको मिति २०८०।०९।१३ गतेको फैसला आदेशाले १ बर्ष कैद सजाय भई फरार रहेका बिराटनगर- ६ का ४६ बर्षीय शंकर सहनीलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछिपी […]

विराटनगर, ९ फागुन । मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् । व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै […]

काठमाडौं , फागुन ९ ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको आएको निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले अनलाइनखबरलाई बताए । सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य रहेका […]

विराटनगर, फागुन ८ राजतन्त्र पुर्नस्थापना नभएसम्म संघर्ष जारी रहने एकीकृत राष्ट्रिय संघर्ष समितिका संस्थापक अध्यक्ष बल्लभ प्रसाद दाहालले विराटनगरमा सोमवार आयोजित एक कार्यक्रममा उद्घाेष गरेका छन् । सन्दर्भ , पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको ७४औं जन्मोत्सव तथा राष्ट्रिय प्रजातन्त्र दिवस रहेको थियो । यसै कार्यक्रममा आफ्नो धारणा राख्दै दाहालले भने “हामी हिंसामा विश्वास गर्देनौं । हामी […]

पर्सा,७ फाल्गुन । तराइका जिल्लाहरुमा पछिल्ला समय धार्मिक झगडा तथा साप्रदायिकता बढेको देखिएको छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। सोमबार बेलुकी ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको […]

काठमाडौं, फागुन ६ । कीर्तिपुर नगरपलिका-६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१ अमृतनगर बस्ने ५१ वर्षीय […]

मकवानपुर,फागुन ६ । थाहा नगरपालिका-९ टिपटारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका-७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने […]

धनकुटा, ३ फागुन । धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी दिए […]