१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

समाचार

वीरगञ्जमा कर्फ्यू

पर्सा,७ फाल्गुन । तराइका जिल्लाहरुमा पछिल्ला समय धार्मिक झगडा तथा साप्रदायिकता बढेको देखिएको छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। सोमबार बेलुकी ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको […]

काठमाडौं, फागुन ६ । कीर्तिपुर नगरपलिका-६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१ अमृतनगर बस्ने ५१ वर्षीय […]

मकवानपुर,फागुन ६ । थाहा नगरपालिका-९ टिपटारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका-७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने […]

धनकुटा, ३ फागुन । धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी दिए […]

काठमाडौं,२९ माघ। साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन्। रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ। साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो […]

विराटनगर, माघ २८ । आइतबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सुनसरीको इटहरीस्थित यातायात व्यवस्था  कार्यालय तथा माताहातकाे ट्रायल सेन्टरमा छड्के चेकजाँच गरेका छन् । ट्रयाल तथा यातायातकाे कागजी काममा सेवाग्राहीबाट बिचाैलिया तथा कर्मचारीले घुस लिने गरेकाे गुनासाे आएपछी मन्त्री राई स्यवम् छेड्के जाँचमा पुगेका हुन् । मन्त्री राई हाफ भेष्ट, हाफ ज्याकेट […]

काठमान्डौं,२८ माघ । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गएका छन्। आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो। विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो।समिति […]

माघ २६, विराटनगर । विक्रम सम्वत् २०२४ सालमा स्थापित उद्योग संगठन मोरङले शुक्रबार आफ्नाे ५६औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा उद्योगी व्यवसायी, श्रमिक, उद्योग प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ३५ युनिट रगत विराटनगर स्थित ब्लड वैंकलाई प्रदान गरेको छ । स्थापना दिवको अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले पूर्व […]

विराटनगर, माघ २७ विराटनगर ६ सरौचिया रोडमा अवस्थित नाइस विरयानीमा भ्यालेन्टाइन्स कम्वो अफर जारी रहेको छ । सो कुराको जानकारी नाइस विरयानीका प्रमुख व्यवस्थापक राशिद कमालले दिएँ । कमालका अनुसार , भ्यालेन्टान्स कम्वो अफरमा , चिकेन विरयानी स्पेशल २ , यसका अलावा , २ पिस तन्दुरी , २५० एम एलको २ बोतल कोक , रहेको […]