१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाज

त्रिविका क्याम्पसहरूमा स्ववियु मतदान सुरु

काठमाडाैं, चैत ५ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा मंगलबार स्ववियु निर्वाचनको मतदान सुरु भएको छ। काठमाडौं, धरान, नेपालगन्ज, पोखरा र पाल्पालगायतका क्याम्पसहरूमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ। राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी समूहले निर्वाचनमा भाग लिएका छन्। दुई आंगिक र ८५ सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु पहिले […]

विराटनगर, चैत ५ । सरकारले नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजी) पदमा दीपक थापालाई नियुक्त गरेको छ। थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुखको रूपमा कार्यरत थिए। आईजी पदको प्रतिस्पर्धामा एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए। थापाले २०८२ भदौ १८ गतेसम्म नेपाल प्रहरी संगठनको नेतृत्व गर्नेछन्। थापाले २०५२ भदौ १९ मा इन्स्पेक्टर […]

विराटनगर,३ चैत्र । विराटनगरमा वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज विषयक धार्मिक प्रवचन सम्पन भएको छ । शनिबार श्री श्री श्री चिन्न जीयर स्वामी महाराजले दिनुभएको प्रवचनमा कोशी प्रदेशका विभिन्न धर्मानुराघीहरूको सहभागीता रहेको थियो । प्रवचन कार्यक्रममा बेद र सनातन धर्मले अगालेका विषयहरूनै मानव जीवनका लागि मोक्ष पाउने उत्तम बाटो भएको बताइयो । बेदले […]

विराटनगर, फागुन २८। खानेपानी संस्थान विराटनगरबाट वितरित पानीमा लेदो र धमिलोपन देखिएपछि विराटनगर-४ का स्थानीयवासीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गरेका छन्। विराेधका लागी स्थानीयहरुले लेदोयुक्त पानी बोकेरै वडा कार्यालय अगाडि प्रदर्शन गरेका थिए। स्थानीयहरूले वडाध्यक्ष, मेयर र खानेपानी संस्थानका प्रमुखहरूलाई यही पानी पिउन लगाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए।  स्थानीय अगुवा त्रिलोचन गौतमका […]

बिराटनगर, फागुन २४ ।  ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस-२०२५ को पूर्वसन्ध्यामा बिहिबार अपांगता भएका महिलाहरुमाथि हुने हिंसा सम्बन्धि सचेतना गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय अपांग महासंघ, कोशी प्रदेश र सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजित उक्त कार्यक्रमको उद्घाटन मन्त्रालयकी महाशाखा प्रमुख एवं सहायक सचिव दुर्गा भण्डारी बरालले ब्यानर पढेर गरेकी थिइन्। उनले महिलाहरुका विषयहरुलाई ध्यानकेन्द्रित गरी […]

विराटनगर, फागुन २२ – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विराटनगरमा “गल्स अन ह्विल” प्रतियोगिता आयोजना हुने भएको छ। विराटनगर प्राइम राउन्ड टेबल-१० को आयोजनामा  फागुन २४ गते साे प्रतियोगिता हुने जानकारी दिइएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले यस पाँचौं संस्करणको प्रतियोगितामा महिलाहरूले मात्र भाग लिन पाउने बताएको छ। आयोजक समितिका अध्यक्ष भास्कर सोनीले […]

विराटनगर, फागुन १८ ।  रोट्रयाक्ट क्लब अफ विराटनगरले सिद्धार्थ क्यापिटलको सहकार्यमा शनिबार आफ्ना सदस्यहरूलाई सामूहिक लगानी कोष (Mutual Fund) सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ। क्लबको विराटनगर सिडिओ कार्यालय नजिक अवस्थित आफ्नै भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा सिद्धार्थ क्यापिटलका अफिसर प्रकाश सुवेदीले सामूहिक लगानी कोषको वर्तमान अवस्था, भविष्य र […]

ईटहरी, फागुन १८ ।  शनिबार १७ औं अन्तर्राष्ट्रिय व्हिलचेयर दिवसको अवसरमा स्पाइनल इन्जुरी संघ, कोशी प्रदेशले आयोजना गरेको ‘छैठौं इटहरी व्हिलचेयर रन २०८१’ सफलतापूर्वक सम्पन्न भएको छ। महिला र पुरुष छुट्टाछुट्टै समूहमा गरिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरूलाई क्रमशः रु ८ हजार, ६ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र […]

काठमाडौं, १६ फागुन । नेपाली सेनाका अवकाशप्राप्त महासेनानी डा.महेन्द्रजंग शाहले राजसंस्था पुनर्स्थापना अपरिहार्य भइसकेको बताएका छन् । बिहीबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेनलाई सम्बोधन गर्दै उनले राष्ट्रवाद र राष्ट्रियताको जग बसाल्ने पृथ्वीनारायण शाहको वंशमा अब देशको शासन सत्ता जानुपर्ने उनले बताए । ‘पृथ्वीनारायण शाहले नेपाल राज्यको स्थापना गरेकोमा आज त्यसका उत्तराधिकारीलाई यो मुलुकमा शासनाधिकार सम्पन्न गराउनुपर्छ […]

दलित महिलाको अवस्थामा क्रमिक सुधार देखिए पनि थप प्रयास आवश्यक विराटनगर, फागुन १६ । बिहिबार दलित महिला संघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले दलित महिलाहरूको अवस्थामा विगतको तुलनामा सुधार आएको बताएका छन्। तर उनीहरूले यस्तो सुधार अझै पर्याप्त नभएको र थप प्रयास आवश्यक रहेको पनि औंल्याएका छन्। कार्यक्रममा सहभागीहरूले विपन्न दलित समुदायका […]