०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाज

बालबालिकामा भर्चुअल अटिजम रोक्न हेरिटेज स्कुलले विशेष पाठ्यक्रम सुरु गर्दै

विराटनगर, माघ १६। बालबालिकामा डिजिटल लत र भर्चुअल अटिजम रोक्ने उद्देश्यका साथ विराटनगरको हेरिटेज इन्टरनेसनल स्कुलले डिजिटल साक्षरता पाठ्यक्रम सुरु गर्ने भएको छ ।बालबालिकामा बढ्दो डिजिटल लत र यसबाट उत्पन्न हुनसक्ने भर्चुअल अटिजमको जोखिमलाई मध्यनजर गर्दै विद्यालयले आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम नै सुरु गर्न लागेको हो । सानै उमेरदेखि बढ्दो `स्मार्टफोन र ट्याब्लेटको प्रयोगले बालबालिकामा […]

काठमाडौँ ,१६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ। विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने […]

संखुवासभा,१६ माघ । नेपाली कांग्रेसले संखुवासभा सभापोखरि बाह्रबिसेका आगलागि पिडितहरुलाई राहत वितरण गरेको छ । स्थानिय कांग्रेस कार्यकर्ताद्धारा संकलित ४ लाख ८४ हजार ४ सय ४७ रुपैया नगद आगलागि पिडितहरुलाई प्रदान गरिएको हो । कांग्रेसको १ सय दिने अभियान अन्तरगत संखुवासभा पुगेका नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उक्त रकम हस्तान्तरण गरेका थिए । सभापोखरी गाउँपालिका–६ […]

विराटनगर,१५ माघ / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गरे । उनले तीनै तहको सरकारमा […]

काठमाडौं ,१४ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ । रास्वपाका अनुसार सातै प्रदेशमा विशेष […]

विराटनगर,१३ माघ । फास्ट फेसन र अनावश्यक कपडाको उपभोगले वातावरणमा पारेको प्रभाववारे विराटनगरमा समीक्षा गरिएको छ । शैक्षिक अन्तरक्रियात्मक र अनुसन्धानात्मक क्षेत्रमा काम गरिरहेको एक्रेस एकेडेमिया संस्थाले शनिबार गरेको कार्यक्रममा फास्ट फेसनद्वारा वातावरणमा पारेको प्रभावका विषयमा समीक्षा गरिएको थियो । कार्यक्रममा संस्थाले गरेको सर्वेक्षण,उपभोक्ताहरुका बानी , वातावरणीय असरबारे सचेतनाको स्तर र दिगो फेसन विकल्पप्रतिको चासोका […]

झापा,,१३ माघ ।  कोशी प्रदेशमै  पहिलो पटक भव्यरुपमा  बिर्तामोड ५ अग्रसेन भवननजिक नवनिर्मित गायत्री माताको मन्दिरलाई जातीय सहिष्णुताको खुला धार्मिकस्थलको रुपमा  विकसित गरिने भएको छ । अढाई करोड रुपैयाँको लागतमा  बनेको  आकर्षक गायत्री माताको  त्यस मन्दिरलाई हरेक जातजाति , धर्म  र समुदायको  लागि साझा धरोहर बनाउने गरी  मन्दिर निर्माण  समितिले तयारी थालेको हो । त्यस गायत्री मन्दिरमा साझा रूपमा  सबैले पूजा–अर्चना र श्रद्धा गर्न पाउँछन् । हरेक […]

विराटनगर, १० माघ | कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङ्गता तथा बहिरा व्यक्तिहरूको हकअधिकार संरक्षणमा पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार सुरु भएको तीनदिने गोष्ठीमा साङ्केतिक भाषाका लागि नयाँ शब्द संकलन र निर्माणमा जोड दिइएको छ। वर्तमानमा बहिरा समुदायका लागि केवल ४ हजार शब्द उपलब्ध छन्, जबकि सबै विषयवस्तुमा संवाद गर्न ७ […]

दमक,माघ ८।  लायन्स क्लब अन्तर्राष्ट्रिय डीस्ट्रीक्ट ३२५ सी को बिशेष अग्रसरता र दमकमा रहेका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिकाको सहभागितामा दमक स्थित दमक अस्पतालमा सुबिधासम्पन्न आइसियु निर्माण हुनेभएको छ । लयान्स डिस्ट्रीक्ट ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले दमकका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिका समेतको सहभागितामा निर्माण हुने आइसियु […]

विराटनगर, माघ १/ विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीसहित कार्यपालिका सदस्य र विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा लैससासको […]