१० कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

समाज

औचित्य पुष्टि नभएपछि सेलायाे अतिथि सदनको विज्ञापन विवाद

निरज बस्नेत विराटनगर, भदौ २० अथिति सदनको भित्तामा पेन्टिङ गरिएको विज्ञापनविरुद्ध केही मारवाडी युवाले छेडेको संघर्ष अन्ततः औचित्यहिन देखिएको छ । यस सघंर्षका अगुवा स्थानीय व्यापारी आशिष लखोटियाले विरोधको औचित्य पुष्टि गर्न नसकेपछि, अन्य युवाहरु पनि सो संघर्षबाट पछि हटेका छन् । सदनको दक्षिणपट्टिको भित्ताको बाहिरी भागमा राठी केबलको विज्ञापन वाल पेन्टिङ गरिएको छ । […]

विराटनगर, भदौ ११ आसन्न ऋषी पञ्चमीको अवसरमा श्री गुरु कविर साहेव स्थान विराटनगरले आश्रमका वृद्धवृदालाई जलपान गराएको छ । विराटनगर ८ अशोक चोकमा रहेको विराटेश्वर वृद्धाश्रमका ६३ वृद्धवृद्धालाई साहेव स्थानले शनिवार जलपान गराएको हो । आश्रममै आयोजना गरिएको जलपान कार्यक्रममा वृद्धवृदाहरुलाई खिर, पुरी, तरकारी लगाएत मिठाईका विभिन्न परिकारहरु ग्रहणको लागी दिईएको थियो । श्री गुरु […]

दिनेश खड्का विराटनगर, भदौ ६ जैन ईन्टरनेश्नल ट्रेड आर्गनाईजेशन (जिटो) को पहिलो अन्तर्राष्ट्रिय महिला शाखा (जिटो लेडिज विङ्स) विराटनगरमा गठन भएको छ । विराटनगर विङ्सकोे लागी सन्तोष जैनको अक्ष्यक्षतामा ३० सदस्यीय समिति गठन भएको छ । त्यसैगरी उपाध्यक्षद्वयमा शोभना दुगड र मीना गोल्छा, सचिव रोज धाडेवाल, सहसचिवद्वय मिनल तातेड र डा.नुतन नौलखा र कोषाध्यक्षमा सरिता […]

विराटनगर, वैशाख २४ काेरोना संक्रमित भएर जटिल अवस्थामा पुगेका विरामीलाई दिईने औषधी रेम्डिसिभिरको नक्कल बनाउने दुई जनालाई विराटनगरबाट प्रहरीले प्रक्राउ गरेको छ । सो अपराधमा विराटनगर– ४ नोबेल टिचिङ्ग हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ‘स्टासेफ’ नामको ईजेक्टरी भाईलमा नक्कली रेम्डिसिभिरको लेबल […]

विराटनगर, वैशाख २२ विराटनगरःनेकपा एमालेको खनाल नेपाल पक्ष युवा संघ नेपाल विराटनगर महानगर कमिटीले आज विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ५३ प्रिन्ट रगत संकलन गरेको छ । रक्त संचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको हो ।संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र […]

विराटनगर , वैशाख ३ नेकपा माओवादीका अध्यक्ष गोपाल किराँतीले मजदुर र किसानबाट सांसदहरु चुनिनु पर्ने बताएका छन् । बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विद्यमान निर्वाचन प्रणलीलाई हटाएर २० प्रतिशत सांसदहरु मजदुरबाट र ६५ प्रतिशत किसानबाट चुनिने प्रणाली लागु गर्नुपर्ने उनले तर्क पेश गरेका हुन् । बाँकी १५ प्रतिशतमा पुजीवादीहरुलाई दिएर सन्तुलन कायम गर्नुपर्ने उनको […]

धरान , चैत्र ३० दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति धरानले खानेपानीको माग गर्दै खानेपानीको विल काउन्टर बन्द गरेर धर्ना दिइरहेको छन् । उनीहरुले धरानमा खानेपानी अभाव हुन थालेपछि धरान १६ स्थित खानेपानीको विल काउन्टरमा एक सातादेखि ताला लगाएर धर्ना दिदै आएका छन् । धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको दीर्घकालिन व्यवस्था नगरेमा अन्य महशुल केन्द्रहरु पनि […]

विराटनगर, चैत्र २५ जिल्ला प्रहरी कार्यालय मोरङले कटहरी गाउँपालिका १ मा संचालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।   प्रहरीले जहदा गाउँपालिका ४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको जय बैष्णु फर्निचर उद्योगमा चैत्र २१ गते राती भएको चोरी संग्लग्न ४ जनालाई चैत्र २४ गते दिउँसो पक्राउ […]

विराटनगर, चैत्र २५ खोटाङको बराहपोखरी गाउँपालिका–२ बस्ने ७४ बर्षीया डम्बर कुमारी मगरको आगोले जलेर मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा स्थानीय तरेभिर जंगलमा आगलागीमा परी उनको मृत्यु भएको हो । प्रहरी तथा स्थानीयवासीहरुले आगलागी नियन्त्रणमा लिने प्रयास गरीरहेको अवस्थामा भीरको माथी बसीरहेकी मगरलाई एक्कासी आगोको लप्काले भेटेर शरिरमा आगो लागेको थियो । […]

विराटनगर ६ चैत्र । कोरोना महामारीले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन विराटनगरका यूवा उद्यमीहरुले मोटर र्‍याली गर्ने भएका छन् । र्‍याली गर्ने नेपाल युवा उद्यमी युव मञ्च विराटनगर शुक्रबार पत्रकार सम्मेलन गरी जनकारी गराएको हो । पर्यटन क्षेत्रलाई पहिलाकै अवस्थामा फर्काउने उद्देश्यका साथ मोटर र्‍यालीको आयोजना गरिएको मञ्चले जनाएको छ । चैत १२ गते ‘अन्वेषण […]