२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

कोशी अञ्चल अस्पतालमा लापरवाहीका घटना बढेको बढ्यै : मे.सु. मिश्रालाई नो चिन्ता !

Logo

 

विराटनगर, वैशाख ५
अस्पतालको नेतृत्व फितलो हुदा कोशी अञ्चल अस्पताल विराटनगरमा लापरवाहीका घटनाहरु बढ्न थालेका छन् । अस्पतालको प्रमुख रहने (मे.सु.)मेडिकल सुप्रीटेन्डेण्डमा डा. संगीता मिश्रा नियुक्ति भएसगै उक्त अस्पतालमा लापरवाही घटनाहरु बढ्न थालेका हुन् । डां मिश्रा मे.सु.मा नियुक्ति भएको ३ महिना नबत्दिै कयौं लापरवाहीको घटनाहरु बाहिर आईसकेका छन् । डा. मिश्राले कोशी अस्पतालकै छेउमा आफ्नै निजी (गेटवेल) अस्पताल समेत संचालन गरेकी छिन् । मिश्राको ध्यान आफुले जिम्मेवारी पाएको कोशी अञ्चल अस्पताललाई सुधार्नुभन्दा आफै निजी अस्पताललाई कसरी उभो लगाउने भएको हुदा अहिले कोशी अञ्चल अस्पतालको बेहाल भएको स्रोत बताउँछ ।

डा. मिश्रा मेसु नियुक्ति भएपछिको घटनाहरु
पहिलो घटना (पुष,२०७६)
एक युवति एक्स रे गराउनको लागी पुष २५ गते कोशी अञ्चल अस्पताल पुगेकी थिइन् । त्यसबेला अस्पतालको ल्याबमा खटिएका एक पुरुष स्वास्थयकर्मीले ती युवतीको शुरवाल तानिदिएर दुव्र्यवहार गरेका थिए । उक्त घटनालाई कानुनी प्रकृयामा लानुको सट्टा अस्पतालकी मे.सु. डा. मिश्राले दुवै पक्षलाई आफ्नो क्यावीनमा बोलाएर मेलमिलाप गराई दिएकि थिइन् । आशय करणीजस्तो गम्भीर मुद्दा लाग्न सक्ने उक्त घटनालाई मेलमिलाप गराउने अधिकार कानुनले कसैलाई पनि दिएको छैन् । उक्त घटनालाई मेसुले मेलमिलाप गराएपछि उनी कतै न्यायधिस त बन्न खोजेको होईन् भन्दै उनको समाजमा आलोचना समेत भएको थियो ।

दोस्रो घटना (२०७६, फागुन )
फागुन मसान्त तिर दुई जाना बिरामीहरु चेकअप गराउनको लागी कोशी अञ्चल अस्पताल पुगेका थिए । उनीहरुमा कोरानाको लक्षण देखिएपछि ति विरामीहरुलाई कोेशी अञ्चल अस्पतालले धरानस्थीत वि.पी. कोईराला स्वस्थय विज्ञान प्रतिष्ठानको आईसोलेशन वार्डमा रेफर गरिदिएको थियो ।
कोशी आस्पतालले रेफर गरेपश्च्यात कोरोना लक्षण बोकेका ती व्यक्तिहरु सार्वजनिक बस चढेर धरान पुगेका थिए । संयोगवस ति व्यक्तिहरुमा कोरोना नेगेटिभ देखियो । कथमकदाचित ती व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको भए पुरै बसका यात्रुहरुलाई सक्रमण हुने जोमिख हुन्थ्यो । अस्पतालले स्थानीय प्रशासनसँग समन्वयन नगरेको काराण कोरोना लक्षण भएका ति व्यक्ति अस्पतालको हातबाट फुत्किएका थिए । अस्तालको तर्फबाट परामर्शको आभाव भएकाले बिरामीहरु सार्वजनिक बस चढेर धरान पुगेको बुझिएको छ ।

तेस्रो घटना (२०७६, चैत )
यो घटना चैत १२ गतेको हो । कोशी अञ्चल अस्पतालका स्वास्थीकर्मीहरु पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पीपीई) नभएको भन्दै अस्पताल प्रशासन विरुद्ध आन्दोलमा उत्रिएका थिए । अन्दोलनरत्त स्वास्थयकर्मीहरुले अस्पतालमा पीपीई नभएकोले आफुहरु असुरक्षित भएको मिडियालाई जानकारी समेत गराएका थिए । अस्पताल प्रशासनले स्वास्थ्यकर्मीहरुलाई पीपीई दिने प्रतिवद्धता गर्नुको सट्टा मिडिया किन बोलेको भन्दै कारवाही गर्ने चतावनी दिएको थियो । उक्त घटनालाई लिएर समेत मे.सु. डा. संगिता मिश्रा निकै आलोचना भएको थियो ।

चौथो घटना (२०७६, चैत )
विराटनगर ६ निवासी पंकज राय पिसाब अड्किने समस्याका कारण चैत २६ गते कोशी अञ्चल अस्पताल भर्ना भएका थिए । अस्पतालमा स्वास्थकर्मीले पाईप लगाएर पिसाब गराईदिएपछि उनलाई तत्काल डिस्चार्ज गरिदिएको थियो । रायलाई पिसाब फेर्न पुनः ग्राहो भएपछि त्यसै दिन रातारात उनलाई अस्पताल ल्याईयो । रायको उपचारको क्रममा भोलीपल्ट मृत्यु भयो ।
उक्त घटनामा समेत अस्तालको हेलचक्राई र लापारवाही देखिन्छ । विरामीलाई राम्रोसँग सुपरभिजन नगरी अनुमानको भरमा डिस्चार्ज गरिनु ठिक नभएको स्यवम् चिकित्सकहरु बताउँछन् । नाम नबताउने शर्तमा एक चिकित्सकले भने “बिरामी कुनै समस्या लिएर आएपछि राम्ररी सुपरभिजन गर्नु जरुरी हुन्छ, ट्रिटमेन्ट गरिसकेपछि पुन समस्या दोहरीन्छ की दोहरिदैन अस्पतालमै राखेर अबर्जब गर्नुृपर्छ ”
त्यसबेला आलोचनाबाट जोगीन मे.सु. मिश्राले बिरामीको मृत्युको कसरी भयो भन्ने बिषयमा निश्पक्ष रुपमा छानविन हुने बताएकी थिइन् । तर हालसम्म छानबिन भने शुरु गरिएको छैन् ।
संगीता मिश्रा कोशीमा मे.सु. भएपश्च्यात उक्त केही देखाएका घटनाहरु मात्र हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]