३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

आर्थिक

उद्याेग प्रतिष्ठानका प्राविधिकको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना

मंसिर २७, विराटनगर उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा यस क्ष्ँेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुका लागि वाह्र दिने उर्जा दक्षता अभिवृद्धि तालिम प्रारम्भ भएको छ । तालिमको प्रारम्भ गर्दै संगठनका अध्यक्ष्ँ राकेश सुरानाले उद्योग प्रतिष्ठानको उत्पादकत्व र वस्तुको गुणस्तरप्रँविधिकहरुमा निर्भर रहने भएकाले उर्जा दक्ष्ँता तालिमको आयोजना गरिएको वताए । उनले उद्योगहरुले प्राप्त […]

विराटनगर, मंसिर २२ उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा बिहिबारदेखी विराटनगरमा तीन दिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्वन्धी तालिम प्रारम्भ भएको छ । तालिममा संगठनका कार्यवाहक अध्यक्ष सुवोध कोईरालालाले प्रविधिको विकाससंगै कार्यस्थलमा जोखिम र जटिलताका साथै नयाँ चूनौतिहरु थपिदै गएको अवस्थामा कार्यस्थललाई स्वस्थ्य, सुरक्षित, व्यवस्थित मर्यादित वनाउनु पर्ने आवश्यकतालाई वोध गरी संगठनले […]

विराटनगर, मंसिर १७ राजश्व अनुसन्धान विभागले विराटनगर–११ जनपथ टोलस्थित स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा आईतबार छापा मारेकाे छ । भन्सार छली गरेर मालवस्तु स्कट राखेकाे तथा त्यसता समान बेचबिखन गर्ने गरेकाे आशंकामा विभागको टोलिले अनुसन्धान सुरु गरेको बताएकाे छ । साे सप्लायर्सका संचालक सञ्जीत भगत विराटनगर भन्सार एजेन्टका सहयोगी समेत हुन् । भगतले विराटनगर स्थित गोदाममा […]

काठमाडाैं, मंसिर १२ प्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीको अरिहन्त मल्टिफाइबर्स लिमिटेडका सञ्चालक राजकुमार गोल्छालाई प्रशंसापत्र प्रदान गरेका छन् । सामाजिक सुरक्षा कोषद्वारा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योगपति गोल्छालाई प्रशंसापत्र प्रदान गरेका हुन् । प्रधानमन्त्री दाहालले अरिहन्त मल्टिफाइबर्सलाई उत्पादनमुलक उद्योगको तर्फबाटकोषमा सूचीकृत रोजगारदातामध्ये गत आर्थिक वर्ष २०७९–८० मा योगदानकर्ता(श्रमिक)हरूको संख्याका आधारमा उत्कृष्ट भएको भन्दै प्रशंसापत्र […]

विराटनगर, मंसिर १२ विराटनगरमा पुस पहिलाे सातादेखि ट्रेड एक्स्पाे  आयोजना हुने भएको छ। साे एक्स्पाे पुस ६ देखि १६ गते विराटनगरकाे श‌ंकरपुर खेलमैदानमा गर्न लागिएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको छ । संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले “मोरङ व्यापार संघ एक्सपो ” नाम दिएर प्रदर्शनी आयोजना गर्न लागिएको […]

विराटनगर,मंसिर ५ विराट गोल्डकप फुटवल  सम्पन्न भएको ७ महिना वितिसक्दा पनि उक्त टुनामेन्टकाे वास्तविक आम्दानी र खर्च सार्वजनिक भएकाे छैन । विराट गोल्डकप फुटवल ट्रष्टले गोल्काप टुनामेन्ट सम्पन्न गर्न विराटनगर महानगर पालिकाका प्रमुख समेत रहनु भएका नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो। विराट गोल्डकप सम्पन्न भए पछि लेखा परिक्षण अडिट गरि कागजपत्र ट्रष्टलाई बुझाउनु पर्नेमा […]

विराटनगर, मंसिर ४ नागरिक समाजबाट बारम्बार आवाज उठि रहँदापनि विराटनगरको क्यासिनोमा स्थानीय नेपालीहरुलाई जुवा खेलाउने कार्य रोकिएको छैन । यो संचारमाध्यमले बारम्बार उठान गरिरहेको विषय समेत हो । निरन्तर समाजबाट जुवा रोक्न ताकेता आईरहँदा पनि यस गैरकानूनी कामलाई प्रहरी संयन्त्रले रोक्न सकेको छैन । विषेशगरी विराटनगरको होटल विगमा संचालनमा रहेको च्याम्पेन जोन क्यासीनोमा अझैपनि ठुलो […]

निरज बस्नेत विराटनगर, कार्तिक २७ सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरिएको हाे । टिकटक बन्द गर्ने नीतिगत निर्णय भएपछि अब प्राविधिक रूपमा टिकटक बन्द गर्ने सरकारकाे तयारी छ । अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि  टिकटकले […]

विराटनगर,कार्तिक २६ कानुनतः नेपालको क्यासिनोमा स्वदेशीहरुलाई जुवा खेलाउन पाईदैन । तर सो कानुनी प्रावधानको खिल्ली उडाउँदै विराटनगरको क्यासिनो संचालकहरुले स्थानीय उद्योगी, व्यापारी तथा आम सर्वसाधरणहरुलाई निर्वाध रुपमा जुवा खेलाउदै आएका छन् । विषेशगरी विराटनगरको होटल विगमा संचालनमा रहेको च्याम्पेन जोन क्यासीनोमा नेपालीहरुलाई निर्वाध रुपमा जुवा खेलाईरहेको पाईएको छ । यस क्यासीनोमा नेपालीलाई प्रवेशमा रोकटोक छैन […]

निरज बस्नेत विराटनगर,कार्तिक २४ ‘बाजेको सेकुवा’ रेष्टुरेण्टले विराटनगरमा आफ्नो १९ औं आउटलेटको बिहीबार उद्घाटन गरेको छ । उद्घाटन समाराेहमा  बाजेको सेकुवाका  संस्थापक स्वर्गीय दीनानाथ भण्डारी र खिला राजेश्वरी भण्डारीको प्रतिमालाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अनावरण गरे । कार्यक्रममा मन्त्यव दिदै उद्याेग संगठन माेरङका अध्यक्ष राकेश सुरानाले  […]