३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

आर्थिक

विराटनगरमा बढ्यो भिडियो गेमको आकर्षण, हाईडआउटमा गेम खेल्नेको लर्को

विराटनगर, वैशाख ५ । विराटनगरको आधुनिक भिडियो गेम पार्लर हाईडआउट गेमीङ जोनमा बालबालिका तथा किशोर–किशोरीहरुको आकर्षण बढेको छ । कञ्चनवारीको एयरपोर्ट रोड नहरपारी रहेको सो भिडियो गेम पार्लरमा भिडियो गेम खेल्नेको शंख्या दिनदिनै बढ्दै गएको संचालक अमुल आचार्य बताउँछन् । हाईडआउटमा दैनिक ४० जनासम्मले गेम खेल्ने र  दैनिक ८ घण्टसम्म भिडियाे गेमहरु अकुपाईड रहने आचार्यकाे […]

नयाँ वर्षकाे अवसर पारी विराटनगरकाे राेयल विर्यानीले  “नाङ्गलाे सेट” ल्याएकाे छ । साे  “नाङ्गलाे सेट”मा विभिन्न ६ परिकारका खानेकुराहरु राखिएकाे छ। जसमा हाेल चिकेन (सिंगै कुखुरा), फ्राई चिकेन माे:माे:, चिकेन चाउमिन, ससेज, पखेटा, सलाद आदि रहने छन् । यी सवै परिकारलाई नाङ्गलाेमा पस्किने गरिएकाे छ। सेटमा राेयलकाे तर्फबाट १.५ लिटरकाे काेल्ड ड्रिंक कम्प्लिमेन्टमा आउँदछ। एक […]

विराटनगर,चैत २९ । वंगलादेशी कम्पनी पठाओले राइड-सेयरसहित आफ्नाे अन्य सेवाहरु विराटनगर लगाएत काेशी प्रदेशकाे विभन्न सहरमा विस्तार गर्ने तयारी गर्दैछ । काठमाडाै‌ंमा पठाओ एकदमै लाेकप्रिय र सुलभ छ ।  ट्याक्सी सेवा म‌ंहगाे र चालक पनि गनगने हुने भएकाले काठमाडाैंमा यात्रुका लागी पठाओ पहिलाे राेजाई बन्न पुगेकाे हाे । तर विराटनगरकाे परिवेश भने अलिक फरक छ। […]

विराटनगर, २५ चैत । ‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आइतबार देखि विराटनगरमा कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी सुरु भएको छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा महोत्सव सुरु भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले महोत्सवको उद्घाटन गरे […]

विराटनगर, चैत २० । गुणस्तरीय बर्थडे केक,बिस्कुट र बेकरीजन्य स्न्याक्स सहित आईसक्रिम उत्पादन गर्दै आएको किरण क्लासिक बेकरी उद्योगले विराटनगरमा आफ्नाे चाैथाे आउटलेट संचालनमा ल्याएको छ । विराटनगरकाे सबैभन्दा पुरानाे र आधाकारिक बेकरी “किरण क्लासिक“ले  विराटनगरकाे विरेन्द्रसभागृह विपरितमा नयाँ आउटलेट शनिबारदेखि संचालनमा ल्याएकाे हो । शोरुम संचालनको अवसरमा उद्योगले १० दिनसम्म आफ्ना सबै उत्पादमा विषेश […]

विराटनगर, चैत १९। विराटनगर साझा प्रयास नेपालको आयोजनामा विराटनगरमा औद्योगिक तथा व्यापार मेला हुने भएको छ । स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी आयोजना हुन लागेको हो । औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन […]

विराटनगर ३ दुध फारम अगाडी हाइवेमा हिलटन रेष्ट्रोको सफ्ट ओपनिङ शुक्रवार आज भएको छ । सो कुराको जानकारी यस हिलटन रेष्ट्रोका संचालक चमेशराज ढकालले दिएका छन् । कुनै तामझाम विना सामान्य तरिकाले होटलको शुरुवात भएको हो । ओपनिङमा यहाँका संचालकले आफ्नै साथीभाइ सर्कल लगायत सम्पूर्ण विराटनगरवासीलाई चुलै निम्तो दिएका पनि छन् । ओपनिङको मौकामा आज […]

ईटहरी, चैत १५ । पर्यटन र व्यापारको प्रवर्द्धनका लागि युवा उद्यमी मंचले कोशी प्रदेशस्तरीय मोटर र्‍याली गर्ने भएका छन् । मंचको विराटनगर, सुनसरी र झापा च्यापटरले संयुक्त रुपमा सो र्‍याली गर्ने भएको हो । मंचले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी सो र्‍यालीबारे जानकारी दिएको छ । चैत १६ गेत ईटहरीकाे होटल सोल्टी वेस्टेण्डबाट शरु हुने […]

विराटनगर, चैत १३ । विराटनगर ३ दुध फारम नजिक हाइवेमा रहेकाे हिलटन रेष्ट्राेको शुभारम्भ आउँदो शुक्रवार हुने भएको छ । सो कुराको जानकारी संचालक चमेशराज ढकालले दिएका छन् । हाललाई कुनै तामझाम विना सामान्य तरिकाले सफ्ट ओपेनिङ गर्न लागिएकाे संचालक ढकालले जानकारी दिएका छन् । संचालक ढकालका अनुसार  दुबईमा लामाे समय काम गरेर फर्किएका सेफ […]

विराटनगर, चैत ९ फेक भिडियो बनाएर आफ्नो उत्पादनलाई बदनाम गराउन खोजेका भन्दै सेलो तेलको उत्पादक बागमती आयल ईण्डसट्रिजले प्रहरीमा उजुर दिएको छ । सेलो ब्राण्डको सुर्यमुखी तेलमा कैफियत भेटिएको भन्दै मंगलबार एक फेसबुक पेजले भिडियो पोष्ट गरेको थियो । जुन भिडियोमा एउटा कन्ती देखाईएको छ, त्यो कन्तीमा लस्साजस्तो पदार्थ टाँसिएको छ र एक व्यक्तिले सेलो […]