२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

स्वास्थ्य

सातै प्रदेशमा आइसोलेसन स्थापना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमान्डौ, चैत्र १७ कोरोना संक्रमितको उपचारका लागि सातै प्रदेशमा आइसोलेसन कक्ष स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरुलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ ‘हाल कोभिड–१९ को संक्रमण छिमेकी मुलुकहरुमा बढिरहेको सन्दर्भमा सबै नाकास्थित हेल्थ डेस्कहरुमा परीक्षणको व्यवस्था गरिएको र कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएकाहरु सार्वजनिक बसहरुद्वारा नै यात्रा गरिरहेको […]

विराटनगर, चैत १२ विराटनगरका स्वस्थ्य क्लीनिकहरुले कोशी अस्पताल र डाक्टरको नाम दुरुपयोग गरी विरामीलाई झुक्याउने गरेको पाईएको छ । उनीहरुले आफ्नो क्लिनीकको भिजिटीङ कार्डमा कोशी अस्पतालमा कार्यरत्त डाक्टर र कोशी अस्पतालको नाम दुरुपयोग गरेर विरामीलाई झुक्याउने गरेका छन् । झट्ट हेर्दा कोशी अस्पतालकै अफिसियल भिजिटिङ कार्ड जस्तो देखिने गरी निजी क्लीनिक संचालकले फर्जी कार्ड छपाएका […]

विराटनगर, चैत ६ कोशी अस्पतालमा कार्यरत्त केही डाक्टरहरुले आफ्नो प्राईभेट क्लीनिकको भिजिटिङ कार्डमा समेत कोशी अस्पतालको नाम प्रयोग गर्ने गरेको पाईएको छ । अस्पतालमा करार नियुक्ति पाएका ति डाक्टरहरुले सरकारी संस्थाको नामको दुरुपयोग गरी विरामीलाई झुक्याउने काम गरिरहेको पाईएको हो । झट्ट हेर्दा कोशी अस्पतालकैजस्तो देखिने त्यस्ता भिजिटिङ कार्डमा सम्पर्क नम्बर भने प्राईभेट क्लीनिकको दिईएको […]

विराटनगर ,फागुन १३ औषधी व्यवस्था विभाग कार्यालय विराटनगरका मेडिकल सुपरभाइजर सरोज सुवेदी घुस लिदालिदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई दुई लाखसहित विराटनगर ३ दुधफारमबाट रंगेहात पक्राउ गरेको हो । त्यहाको एक स्थानिय होटलमा सेवाग्राहीसँग नगद दुई लाख बुझ्दै गर्दा सुवेदी रंगेहात पक्राउ परेका हुन । स्रोतका अनुसार सुवेदीलाई […]

काठमाडौं, फागुन ७ प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखलाई पदमुक्त गरिएको जनाइएको छ ।परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । माओवादी टुक्रीए पछी उनी मोहन वैद्य समुहमा समेत केही समय थिए । त्यसपछी उनी नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहमा पनि केही समय रहेका […]

विराटनगर, फागुन ६ कोरोना भाइरस विरुद्धको खोप फागुन तेस्रो साताबाट ज्येष्ठ नागरिकलाई लगाउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन तेस्रो साताबाट उक्त खोप ज्येष्ठ नागरिकलाइ लगाउने तयारी भएको हो । खोप लगाउन लाई ६० वर्षमाथिका नेपाली नागरिक हुनुपर्ने छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा स्वास्थकर्मी ,सफाईकर्मी […]

विराटनगर, फागुन ४ विराटनगर स्थीत अटल फार्मोसीले औषधी व्यवस्था बिभागमा दर्ता नभएको औषधी खुल्ला रुपमा बेच्ने गरिएको पाइएको छ । उक्त फार्मोसीले नेपालमा दर्ता नभएका बिभिन्न ब्राण्डका दर्जनौ औषधीहरु नेपालको पुर्बी क्षेत्रमा खुलेआम बोच्ने गरेको पाइएको हो । अटल फार्मोसीका संचालक पवन अटल हुन् । उनले डेर्मीकेम ओसी मलम ,क्लोबेटा जि एम मलम ,सिग्नेफेल्म ट्याबलेट […]

विराटनगर, माघ २७ दश लाख मूल्य बराबरको प्रतिबन्धित औषधि सहित दुईजनालाई प्रहरीले विराटनगरबाट पक्राउ परेका छन् । विराटनगरको न्यूरो अस्पताल नजिकै रहेको एक घरमा डेरा गरी बस्दै आएका दाजुभाई विकास मण्डल र बिक्रम मण्डललाई प्रहरीले प्रतिबन्धित औषधि सहित प्रक्राउ गरेको हो । विषेश सुचनाको अधारमा आईतबार राती प्रहरी उनीहरु बस्दै आएको डेरा छापा मार्ने क्रममा […]

बिराटनगर, माघ २६ कोरोना भाइरस विरुद्धको खोप आजबाट पत्रकारलाई लगाउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजबाट उक्त खोप पत्रकारलाई लगाउने तयारी भएको हो । माघ २६ देखी माघ ३० सम्म अग्रपंक्तितमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने भएको मन्त्रालयले जनाएको छ । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र […]

काठमाडौं, मंसिर ६ विभिन्न कम्पनीद्धारा उत्पादित ह्यान्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा असर पुर्याउने मेथानोलको मात्रा बढी भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाइएको छ । औषधि व्यावस्था विभागले देशको विभिन्न स्यानिटाइजर उद्योगहरुबाट नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड विपरीत विषाक्त रसायन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो । ल्याब रिपोर्टको […]