१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

वडा कार्यालयमा तालाबन्दी : मतदाता भड्काउने षड्यन्त्र भएको अध्यक्षको दावी

चैत २८, विराटनगर देवानगंज गाउँपालिकाको ६ नं. वडा कार्यालयमा सोमबार एक समूहले तालाबन्दि गरेका छन् । सो समूहले वडाबाट वितरण भएको स्प्रे (किट नाशक औधषी छर्ने स्प्रे) आफुहरुले नपाएको भन्दै तालाबन्दी गरेका हुन् । गत चैत २४ गते वाड नं ६ले किसानहरुलाई १ सय ५५ थान स्प्रे वितरण गरेको थियो । सोही दिन केही महिला […]

विराटनगर, २५ चैत्र  आदर्श उपभोक्ता संरक्षण समिति विराटनगरले विराटनगर महानगरका मेयर भीम पराजुली सहित चार जनालाई सम्मान गरेको छ । उपभोक्ता संरक्षण समितिको २३ औं साधारण सभाका अवसरमा समाजमा उल्लेखनीय योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा विराटनगर महानगर वडा नं.३ का वडाध्यक्ष बिनोद बस्नेत,पान्चाली मन्दिर विराटनगरका पिठाधिस अच्युत प्रपन्नाचार्य ,नेपाल मेडिकल कलेज […]

विराटनगर, चैत २५ सिटक्षमता भन्दाबढी विद्यार्थी कोचेर स्कुल–बस गुडाउने विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुललाई कारवाही भएको छ । जिल्ला ट्राफिक कार्यालय मोरङले विराटनगरको घाँसचोकमा विद्यार्थी कोचाकोच गरि राखिएको अवस्थामा सो स्कुलको बस फेला पारेको थियो । जम्मा ३९ सिटक्षमता भएको सो बसमा स्कुलले ७० भन्दाबढी विद्यार्थी कोचाकोच गरि खादेको चेकजाँचको क्रममा फेला परेको […]

विराटनगर, चैत १४ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि लागुहुने गरी अधिवेशन अन्त्य भएको हो । प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाउँदै उपसभामुख सरस्वती पोखरेलले सो घोषणा गरिन् । २२ गते सुरु भएको नवौं तथा हिउँदे अधिवेशनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक […]

✍ निरज बस्नेत विराटनगर, चैत ११ विराटनगरकाे कुनै ठाँउमा एक मदिराजन्य होटल छ जहाँ प्रहरीकै मिलेमत्तोमा यौनधन्दा भईरहेको पाईएको छ । सबैकी भाउजु नामले परिचित एक महिला प्रहरीसँगको मुख्य–साठगाँठमा यौनको व्यापार चल्दैछ त्यहाँ । त्यस होटलमा जो कोही जाँदा यो थाहा हुन्छ कि मदिराजन्यको साथमा यौनधन्दा व्यापार पनि राम्रैसंग फस्टाएको छ । तर प्रहरीकै संरक्षण रहेकाले […]

विराटनगर, चैत ११ काँग्रेसको प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन् । काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उनलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गराएका छन् । तत्कालीन प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री बनेपछि काँग्रेस प्रमुख सचेतक पद रिक्त थियो । राई यसअघि दलका सचेतक थिए

विराटनगर, चैत ११ नेपाली चेलचित्रका युवा–लोकप्रिय नायक पल शाह कारागार चलान भएका छन् । नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका नायक पल शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । बिहिवार जिल्ला अदालत तनहुँमा थुनछेक बहस सकिएपछि अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । झूटो प्रेमको […]

✍ निरज बस्नेत विराटनगर चैत १० शिखर पुरुष गिरिजा प्रसाद कोईरालाको मृत्यु पश्चात् देखि नै नेपाली कांग्रेसको राजनीति ओरालोतर्फ उन्मुख भएकोे देखिन्छ । ऊँ बेला नै धेरैले भन्ने गर्थे कोईरालाको देहवसान पछि कांग्रेस मासिन्छ । पाँच पल्टसम्म प्रधानमन्त्री बन्न सफल शेरबहादुर देउवाको कमाण्ड पार्टिको केन्द्रिय सभापति पदमा समेत हुँदा झन कांग्रेस भड्खालोमा जाने आम बुद्धिजिवीहरुको दावी […]

विराटनगर, चैत ९ ✍ निरज बस्नेत शरिरको उँचाइ अग्लो हुने बित्तिकै विचार अनि काम गराई उँचो हुन्छ भन्ने कदापी नहुदो रहेछ । यो भनाई भद्रपुर नगरपालिकाका नगर प्रमुख जिवन कुमार श्रेष्ठको हकमा लागु हुन्छ । तत्कालिन नेकपा एमालेबाट निर्वाचित श्रेष्ठको समान्य बोलचाली समेत उटपट्याङ किसिमको छ । नगरपालिकामा आउने सेवाग्राही प्रति आक्रोसित व्यवहार गर्दै सिंह झैं […]

विराटनगर, चैत ९ सत्यनारायण माध्यमिक विद्यालयका ३७ विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरिएको छ । स्वर्गीय सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोष र विद्यालयको आन्तरिक स्रोतबाट उक्त छात्रवृत्ति प्रदान गरिएको हो । कोष अन्तर्गत उत्कृष्ट अंक ल्याउने २२ जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रधान गरिएको छ । विद्यार्थिहरुलाई कोषका संरक्षक दिनबन्धु गोयल र मनोज गोयलले छात्रवृति रकम हस्तान्तरण […]