१३ पुष २०८२, आइतबार
28-12-2025 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

ट्रकको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु

विराटनगर, बैशाख, ५ मोरङ बुढिगंगा गाउँपालिका ४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सभा १० बजे उत्तर जादै गरेको ना६ख ३०४० नम्बरको ट्रकले को९प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक बिराटनगर १४ जतुवा का ४५ बर्षीय अन्जनि सिंह गम्भिर घाईते भएका थिए । […]

काठमाडौं, वैशाख ४ ओम सर्जिकल कन्सर्न प्रा.लि.ले एक करोड भन्दा बढी राजस्व छलि गरेको पाईएको छ । काठमाडौ महानगरपालिका –११, त्रिपुरेश्वर स्थित उक्त सर्जिकलले एक करोड छ लाख ७२ हजार नौ सय नौ रुपैयाँ एकासी पैसा राजस्व छलि गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागले उक्त कर छलीमा संचालक दल बहादुर भण्डारी तथा भन्सार […]

विराटनगर, बैशाख, ५ उदयपुर त्रियुगा नगरपालिका १ जोगीदह की ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट झरी मृत्यु भएको छ । चौधरी जंगलबाट ट्याक्टरमा घाँस लोड गरेर पछाडी डालामा बसी आउने क्रममा लडेर घाईते भएकी थिइन । लगतै उनलाई उपचारको लागी विराटनगर तर्फ लैजादै गर्दा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

काडमाडौं, वैशाख ५ नेपाल आयल निगमले पेट्रलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँले मुल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १२१ र डिजल,मट्टीतेल प्रतिलिटर १०४ रूपैयाँ कायम भएको छ ।  

काठमाडौं, वैशाख ३ नारायण मन्दिरबाट हराएको मूर्ति ३७ वर्षपछि फेला परेको छ । ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि संयुक्त राज्य अमेरिकामा फेला परेको हो । बिहीबार पुरातत्व विभागले हराएको सो मूर्ति ललितपुर महानगरपालिकालाई हस्तान्तरण समेत गरेको छ । उक्त मूर्तिलाई हालका लागी पाटन सङ्ग्रहालयमा राखिने महानगरपालिकाले जनाएको छ । सन् […]

काठमाडौं , वैशाख ३ कोभिड १९ अति प्रभावित जिल्लामध्येको एक काठमाडौँले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि काठमाडौँका विद्यालय बन्द गर्ने तयारी थालिएको हो । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट विद्यालय बन्द वा खुल्ला गर्नेबारे निर्णय आएपछि सोही अनुसार निर्णय गर्ने तयारी रहेको शिक्षा […]

विराटनगर, वैशाख २ प्याकेजिङ उद्योगहरु धरासयी भएको भन्दै समस्या समाधानका लागि व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ लाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न उद्योगहरुमा प्याकेजिङका लागि प्रयोग हुने कोरुगेटेड बक्स अर्थात कार्टुन बनाउने उद्योगहरु धरासायी अवस्थामा पुगेको भन्दै व्यवसायीले ज्ञापनपत्र बुझाएका हुन् । कार्टुन बनाउन प्रयोग हुने मुल कच्चा पदार्थ पेपर हो र […]

विराटनगर , वैशाख २ सुनसरी ईटहरी १४ नर्भासा नहरमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ । मंगलबार बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ईटहरी–७ का १४ बर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ बर्षीय सायल चौधरी रहेका छन् । नहरमा पौडी खेल्ने क्रममा […]

काठमाडौं, वैशाख २ कपिलवस्तुमा एकजना पत्रकारकाे ट्रकको ठक्करबाट मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका करिब ५० वर्षीय पत्रकार नन्दराम पौडेलको मृत्यु भएको हो । मंगलबार राती काम सकेर मोटरसाइकलमा घर जाँदै गर्दा पश्चिम दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा घटनास्थलमै पाैडेलकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । उनी स्थानीय बुद्ध दर्पण […]

काठमाडौं,वैशाख २ कुकुरलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि उक्त प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । काभ्रेपलाञ्चोकको धुलिखेल–४मा कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरी हत्या गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो । अहिले सम्म प्रहरीको प्रारम्भिक अनुसन्धानमा ८ वर्षको बालकलाई कुकुरले टोकेपछि दुईजनाले उक्त कुकुरलाइ कोदालो र फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरेको […]