१६ भाद्र २०८२, सोमबार
01-09-2025 , Mon
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

समाचार

जनताको माझबाट गरिबी हटाउन प्रेस जगतले झकझकाउनुपर्छ : कांग्रेस नेता सिटौला

विराटनगर,१८ पुस ।  नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य कृष्णप्रसाद सिटौलाले जनताको माझबाट गरिबी हटाउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनबाट कोशी प्रदेशमा  निर्वाचित पत्रकारहरूलाई सम्मान कार्यक्रममा बोल्दै नेता सिटौलाले कांग्रेसले जनताको पक्षमा पर्याप्त काम गर्न आवश्यक रहेको बताएका […]

काठमाडौँ, १८ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ । पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् । उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस गरेको भन्दै लेखेका छन् ‚‘रास्वपाले […]

काठमाडौं १७ पुस ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भइ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको स्मरण गर्दै महरले उक्त कुरा बताएका […]

विराटनगर,१७ पुस/ कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले जग्गादातासहित उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ । चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसर पारेर महासंघले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । महासंघले समाजसेवी तथा जग्गादाता सुरेशकुमार श्रेष्ठ र कमला श्रेष्ठलाई सम्मान गरेको छ । महासंघको भवन निर्माणका लागि श्रेष्ठ दम्पत्तिले विराटनगर–५ सम्झनाचोकमा करिब […]

विराटनगर, पुष १६ । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि आज बिहान फेला परेको कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। कार्यालय अगाडिको घुम्ती पसल नजिक कालो झोलाभित्र प्लास्टिकको झोलामा राखिएको कुकर बमबारे अज्ञात समूहले प्रहरीलाई खबर गरेका थिए। बम निष्क्रिय पार्न नेपाली सेनाको विशेष टोली, तालिम प्राप्त कुकुर र नेपाल प्रहरी परिचालित भएका थिए। सोही समूहले […]

विराटनगर , १४ पुस । अपाङ्गताको क्षेत्रमा शैक्षिक लगानी र सीपविकासको अभाव अझै पनि खट्किएको सरोकारवाला व्यक्तिहरुले बताएका छन् । सरकारका पक्षबाट हरेक किसिमका कानुन र अधिकारको व्यवस्था गरी सुनिश्चित गरिएको भन्ने विषयहरु समेत व्यवहारत प्रयोगमा नआएको गुनासो गरिएको छ । शुक्रबार राष्ट्रिय बहिरा महासंघ नेपालले विराटनगरमा गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो धारणा व्यक्त […]

विराटनगर, पाैष ९ । बैंकिङ कसुर मुद्दामा विराटनगर-१२ का वडाध्यक्ष हिरालाल कामतलाई सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीका अनुसार मंसिर २५ गते मोरङ अदालतबाट जारी भएको पक्राउ पूर्जीको आधारमा कामतलाई पक्राउ गरिएको हो । जहदा गाउँपालिका-३ का वडाध्यक्ष गुरुदयानन्द ठाकुरले दिएको जाहेरीमा कामतले दिएको ५ लाख रुपैयाँको चेक […]

विराटनगर,९ पुष । काँग्रेसका युवा नेता प्रबिण जोशी नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश (ख) को कोषाध्यक्षमा मनोनित भएका छन् । उक्त क्षेत्रका सभापति मधुबाबु तिवारी र सचिव माधवराज भण्डारी (विमल) ले मनोनित गरेको पत्र शुक्रबार जोशीलाई प्रदान गरेका थिए । गिरिजाप्रसाद कोइराला फाउन्डेसन विराटनगरका अध्यक्ष ,समाजसेवी एबं सफल ब्याबसायी समेत रहेका जोशी विराटनगरका युवामाझ लोकप्रिय […]

नेपालको युवा महिला क्रिकेट टोलीले शुक्रबार महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत महत्त्वपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा आयोजित यस प्रतियोगितामा नेपालको प्रदर्शन उत्साहजनक रहेको छ। नेपालले समूह चरणमा पाकिस्तानविरुद्ध ६ विकेटको शानदार जित हासिल गर्नुका साथै भारतसँग बराबरी खेल्दै सुपर चारमा स्थान बनाउन सफल भयो। बिहीबार श्रीलंकासँग पनि अंक बाँडेपछि नेपाल चार अंकसहित तालिकाको […]

विराटनगर,४ पुष । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी […]