| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर २६ साउन । हुलाकी राजमार्गको मोरङ खण्ड अन्र्तगत ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गर्नु भएको छ । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गर्नुभएको हो । आज कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो,‘ सडक […]
विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]
२३ साउन, काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार स्वदेश फर्किंदैछन् । साउन १८ मा तुर्कमेनिस्तान प्रस्थान गरेका ओली शुक्रवार राति काठमाडौं आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको अध्यक्षतामा रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भएको थियो […]
विराटनगर,१३ साउन । विराटनगरकी सृजा पोखरेल् एनआरएनए अस्ट्रेलिया स्थित तास्मानिया नारी निकुञ्जको महिला संयोजकमा विजयी भएकी छन् । तास्मानियामा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज र सशक्तिकरणको अभियानलाई संस्थागत बनाउँन भन्दै उम्मेदवारी दिएकी पोखरेल विजयी बन्न सफल भएकी हुन्। नेपालबाट २०१८ मा तास्मानिया पुगेकी पोखरेल विगत ६ वर्षदेखि नेपाली समुदायको सेवा र पहिचानको संरक्षणमा निरन्तर सक्रिय […]
विराटनगर, ११ साउन । कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सञ्चालन गरेको विशेष अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। असार मसान्तसम्म प्रदेशका सबै जिल्लाहरूबाट जम्मा ३,५१३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लागत विवरणअनुसार मोरङबाट १,१५६ जना, सुनसरीबाट १,००२ जना, झापाबाट ५३४ जना, उदयपुरबाट २६० जना, इलामबाट १४६ जना, ओखलढुंगाबाट […]
सोलुखुम्बु, साउन ६। थुलुङ दुधकोशी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतले खुट्टा भाँचिएर घरमै थला परेकी एक दलित महिलाको आफैं मोटरसाइकलमा राखेर उद्धार गरेका छन्। करीव ४२ वर्षीय कुमारी नेपालीलाई दुई दिनअघि काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराई दुई-तीन दिनदेखि घरमै बसिरहेको स्थानीयले जानकारी गराएपछि मंगलवार वडाध्यक्ष बस्नेत […]
काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]
काठमाडाैं, साउन ६ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस आज (६ साउन) मनाइँदैछ। विसं २०३९ साउन ६ गते निधन भएका कोइरालालाई प्रजातन्त्रको संस्थापक र नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रूपमा सम्झिन्छ। कोइरालाले राजनीतिक क्षेत्रमा भूमिसुधार, जमिन्दारी प्रथा उन्मूलन जस्ता महत्वपूर्ण कार्यहरू गरे। उनका ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ जस्ता छ उपन्यास र ‘श्वेत […]
५ साउन, काठमाडौं । आज साउन महिनाको प्रारम्भिक सोमबार, देशभरका शिवमन्दिरहरूमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। हिन्दू धर्मावलम्बीहरू साउनका सोमबारहरूलाई भगवान शंकरको विशेष दिन मानेर उपवास बसी पूजाअर्चना गर्ने परम्परा छ। यो वर्ष साउनमा जम्मा चार सोमबार परेका छन्। व्रतालुहरूले बिहान स्नान गरी शिवलिंगमा जल, दूध अर्पण गर्छन् र बेलपत्र, धतुरा, फूलफल चढाएर पूजा गर्छन्। […]
काठमाडाै, साउन ५ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। गत चैत २५ गते काठमाडौं जिल्ला अदालतले उनका विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेपछि लुकिछिपि बसेका अहिराजलाई आइतबार राजधानीबाट पक्राउ गरिएको हो। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अदालतबाट थप ५ दिनको म्याद लिएर अनुसन्धान अगाडि […]