१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

समाचार

छात्रा कुट्ने विराटनगरकाे मुनलाईट होस्टलकी सञ्चालीका पक्राउ

विराटनगर, चैत १। विराटनगर मधुमाराकाे मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई बुधबार  प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । साेही हास्टेलमा बस्दै आएकाे नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुव्यवहार गरेको आरोपमा मंगलबार साँझ रेग्मी पक्राउ परेकी हुन् । रेग्मीले छात्रालाई दुर्व्यवहार गरेकाे भिडियाे अहिले सामाजिक संजालमा भाईरल छ ।  हास्टेलका छात्राहरुले […]

विराटनगर, ३० फाल्गुन / पूर्व युवराज पारस शाह  कैलालीको बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका छन् । उनी सोमबार राती धनगढी पुगेका हुन् । सोमबार धनगढी पुगेका उनी मंगलबार बिहान धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिर पुगेर दर्शन गरेका हुन् । शाह मन्दिरमा आफ्ना केही समर्थकका साथ पुगेका छन् । झण्डै ४ घण्टा समर्थकका साथ बेहडाबाबामा बिताएका शाह […]

काठमाडौँ ,३० फाल्गुन ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। गठबन्धन फेरिएसँगै नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ […]

काठमाडाैँ ,२९ फाल्गुन ।  आज राष्ट्रिय सभाले नयाँ अध्यक्ष पाउँदैछ। अध्यक्ष पदको मतदानका लागि आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभा बैठक बोलाइएको छ। राष्ट्रिय सभा अध्यक्ष पदको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने कानूनी व्यवस्था छ। राष्ट्रिय सभा नियमावलीअनुसार एउटा मात्रै प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य अध्यक्ष […]

विराटनगर ,२९ फाल्गुन ।  सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ। हालसम्म करिब ६६ […]

विराटनगर, फागुन २७ जिल्लामा हाल कार्यरत्त सादा पोशाकका प्रहरी हटाउन मोरङ प्रहरी प्रमुख उपरिक्षक (एसपी) नवराज कार्की सक्रिय भएर लागिपरे पनि यस कार्यमा उनी पुर्णरुपमा सफल हुनसकेका छैनन् । फागुनको पहिलो साता मोरङ प्रहरी प्रमुख भएर आएका एसपी कार्कीले नेतृत्व सम्हालेको केही दिनमै जिल्लाभर सादा पोशाकमा काम गरिरहेका प्रहरी (घुमुवा) हटाउने निर्णय गरे । लगतै […]

काठमाडौँ  ,२४ फाल्गुन ।  नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले पुन: नयाँ रेकर्ड बनाएको छ। बिहिबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार रूपैयाँ तोकिएको छ। अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार प्रतितोला रु १५ सयले बढेर नयाँ उचाइमा पुगेको हो। नेपाल […]

गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी नेवार समुदायको बसोबास रहको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, […]

जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो ।   धौलागिरि हिमालमा पहिले […]

विराटनगर, फागुन २४ । विराटनगरमा सबै जातजातिको पहिरनहरु एकै छानामुनि पाइने पहिलो स्टोरको खुलेको छ । महिविर रोडको मुखैमा खुलेको न्यू राष्ट्रिय पोषाक घरले नेपालको विभिन्न जातिय पहिरनको बिक्रि शुरु गरेको हो । बिहिबार न्यू राष्ट्रिय पोषाक घरको ग्राण्ड ओपोनिङ समेत भएको छ । आपेनिङको साताभरि स्टोरले ग्राहकलाई १५ प्रतिशत छुटदिने योजना समेत ल्याएको छ […]