३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

आर्थिक

एटीएमबाट पैशा निकाल्ने सिमा घटाईयो

काठमाडौं, भाद्र २० एटीएमबाट ग्राहकले निकाल्न सक्ने रकमको सीमा घटाईएको छ । नँया नियम अनुसार अब एक पटकमा बढीमा २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ मात्र निकाल्न पाईने भएको छ । यस अघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न सकिने व्यवस्था थियो । नेपाल राष्ट्र […]

काठमाडौं, भाद्र १९ सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । भदौ २१ गते शनिबारबाट नँया मुल्य लागू हुने दुग्ध बिकास संस्थानले जानकारी गराएको छ ।

काठमाडौं, भाद्र १६ एटीएम मेसिन प्रयोग गरी करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शनिबार दरबारमार्गमा रहेको नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनी प्रक्राउ परे लगतै प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पनि […]

काठमाडौं, भाद्र ४ मोलपोत कार्यलय, मनमैजुका साहयोगी कान्छा भण्डारी घुस लिदालिदै रंगेहात पक्राउ परेका छन् । उनीसँगै घुस दिने बुढानिलकण्ठका ईश्वर कार्की पनि समातिएका छन् । सुराकीको आधारमा अख्तियारको विशेष टोलीले दुवैलाई कार्यालय परिसरबाटै घुस रकम लेनदेन गर्दागर्दै पक्राउ गरेको हो । अनुसन्धान अधिकारीहरुको अनुसार का.स.भण्डारीले जग्गा रोक्का गरिदिने आश्वसनमा कार्कीबाट ३५ हजार रुपैयाँ घुस […]

काठमाडौं, भदौ ३ राष्ट्रिय ध्वजाबाहक अब जापान पनि उड्ने भएको छ । नेपाल एयरलाईन्सको एक विमान यही भदौ १२ गते पहिलो पटक जहाज काठमाडाबाट जापनको ओशकाका लागी उड्ने छ । उड्नको सम्पुर्ण तयारी गरिसकेको निगमले यतिबेला बढीभन्दा बढी यात्रुको प्रतीक्षामा गरिरहेको छ । नेपाल एयरलाईन्सका अनुसार मंगलबारसम्म करीव ९० सीट काठमाडौं–ओशाकाका लागि बुक भइसकेका छन् […]

रुकुम पश्चिम, भाद्र १ मदिरा सेवन गरेको भन्दै स्थानीय रामबहादुर पुनलाई आठबीसकोट नगरपालिकाले ४० हजार रुपैयाँ जारिवाना तिराएको छ । उक्त घटना साउन २ को हो । आफ्नो होटलमा आएका पाहुनासँग बसेर पाहुरमा (कोशेली) आएको रक्सी सेवन गर्दा समेत जरिवाना तिराएको पुनको गुनासो छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार आठबीसकोटमा पाहुरका रूपमा […]

सुनसरी, श्रावण ३२ सुनसरी प्राविधिक कलेजको परीक्षामा अनियमितता भएको पार्ईएको छ । सीटीईभीटी अन्तर्गत सञ्चालित तीन वर्षे ‘डिप्लोमा इन फार्मेसी’को पहिलो वर्षर्को परिक्षामा उत्तर पुस्तिका फेरीएको पाईएपछि अनियमिता भएको खुल्न आएको हो । उक्त कोर्स अन्र्गतको भौतिकशास्त्र विषयको परीक्षामा उत्तर पुस्तिका फेरिएको पाइएपछि प्रहरीले ११ जना विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक पुरुषसहित […]

  दिनेश खड्का विराटनगर, श्रावण ३१ विद्यृत प्राधिकरणले बिहिबार राती अत्याधिक मात्रामा विद्युली प्रवाह गर्दा विराटनगर निवासी सुजन दाहलको घरमा भएका सबै विद्यृतिय उपकरणहरु शर्ट भई बिग्रिए । अत्याधिक विद्युत प्रवाहको कारण उनको घरमा भएका बल्ब, टिभी, पंखा, फ्रिज लगाएतका उपकरणहरु शर्ट भई बिग्रीएको उनले सामाजिक संजालमार्फत सबैलाई जानकारी समेत गराए । विराटनगर ३ पोखरीया […]

पोखरा,श्रावण ३० आर्थिक हिनामिना र भष्ट्रचार गरेको भन्दै विप्लब समुहले वडा अध्यक्ष हरिबहादुर थापालाई कालोमोसी दली चप्पलको माला लगाईदिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ का अध्यक्ष थापालाई विप्लब समुहको कार्यकर्ताहरुले बिहिबार वडा कार्यलयमै पुगेर कालो मोसो दली चप्पलको माला लगाईदिएका हुन् । विभिन्न विकास निर्माणको काममा भ्रष्टाचार गरेको, वडामा आएको बजेट हिनामिना […]

वीरगञ्ज, श्रावण ३० तस्करीको लाईन खुलाइदिन भन्दै प्रहरी चौकीमै आएर घुस दिने खोज्ने एक तस्करलाई प्रहरीले पक्राउ गरेको छ । घुस दिने खोज्ने वीरगञ्ज महानगरपालिका २२ का ३५ वर्षीय उपेन्द्रप्रसाद यादव रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बेलुका जीतपुर–सिमरा उपमहानगरपालिका स्थित ईलाका प्रहरी कार्यालय जीतपुर पुगेर तस्करको लाइन खुलाइदिनु प¥यो भन्दै आइपुगेका यादवलाई नियन्त्रणमा […]