२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

उद्योग संगठन मोरङको ५०औं बार्षिक साधारणसभा समुद्घाटन सम्पन्न

विराटनगर विराटनगरमा उद्योग संगठन मोरङको ५०औं बार्षिक साधारणसभाको समुद्घाटन सम्पन्न भएको छ । समुद्घाटन समारोहलाई वर्तमान अध्यक्ष सुयस प्याकुरेलले स्वागत मन्तव्यसहित सम्वोधन गरेका थिँए । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल रहेका थिँए । उक्त कार्यक्रममा आफ्नो छोटो मन्तव्य राख्ने क्रममा मन्त्री रिजालले उद्योगीको समस्या भनेको राष्ट्रको समस्या भएकाे […]

उदयपुर उदयपुरको रौतामाई नगरपालिका ८ का ४९ बर्षीय डिक बहादुर लुङगेली मगर ८ केजी ५८१ ग्राम लागुऔषध  गाँजा सहित पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो गाईघाट बजारबाट मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको […]

काठमाडाैं नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं कांग्रेस सभापति शेर बहादुर देउवाका पत्नि आरजु देउवा राणालाई हैटाैँडामा एक युवकले कालो झण्डा देखाउने प्रयास गरेका छन् । साे क्रममा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक कार्यक्रममा सहभागी हुन बिहीवार हेटौंडा आएकी केन्द्रीय सदस्य राणालाई कालो झण्डा देखाउन खोजको भन्दै स्थानीय कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त […]

विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो तीन वर्ष भित्र विराटनगरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउने उद्घोष गरेका छन् । बुधबार राती नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले तीन वर्ष भित्रमा विराटनगर १९ मा रहेको बैजनाथपुर खेल मैदानमा अन्र्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने बताएका हुन् ।  साे पुर्वाधार निर्माणकाे लागी नीजि क्षेत्र, स्थानीय सरकार […]

विराटनगर  काेशी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्ताेलाले जनस्तरबाट प्रहरीलाई सुचना दिन अग्रह गरेका छन् । मंगलबार कार्यलयकाे सभाहलमा आयाेजना गरीएकाे पत्रकार भेटघाट कार्यक्रममा काेशी प्रदेशका विभिन्न जिल्लामा रहेकाे नागरिकलाई अपराधबारे प्रहरीलाई जानकारी गराउन उनले अग्रह गरेका हुन् । “प्रहरीलाई सबैतिर के के अपराध हुदैछ भन्ने थाहा नहुन सक्छ, कतिपय अपराध लुकेका हुन्छन्, कतिपय अपराध […]

विराटनगर मुलुकमा ५ खर्ब रुपैयाँ कालोधन रहेको नेपाली उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भिम घिमिरेले जिकिर गरेका छन् । परिसंघको औपचारिक कार्यक्रममा बोल्दै उनले त्यस्तो कालोधन देशका विचांैलिय, ठुला नेता र उच्च औंधाको कर्मचारीसँग रहेको बताएका छन् । सो कलोधनलाई निष्क्रिय पार्न तत्काल नोटबन्दी गर्नुपर्ने धारणा समेत उनले राखेका छन् । चलन चल्तिमा आईरहेको ५ […]

विराटनगर वैशाख २७ गते उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर प्राप्त […]

काठमाडौं, वैशाख २५ प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सोमबार संसद्मा कपडा खोलेर विरोध जनाएका छन् । सांसदलाई बोल्न विशेष समय नछुट्याई सभामुख देवराज घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि सिंहले कपडा खोलेर विरोध जनाएका थिए । सिहं कम्मरभन्दा माथिका सबै कपडा खोलेर अर्धनग्न भएका थिए । देवराज घिमिरेले सभ्यताका साथ प्रस्तुत हुन चेतावनी दिएपछि उनले खोलेका कपडा […]

विराटनगर विराटनगरबाट ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख रूपैयाँ भारुसहित केएल दुगडका एकाउटेण्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा केएल दुगडका एकाउटेण्ट भारत बिहार कटिहारका ६१ बर्षीय बिनोद कुमार मुरारका सहित उनकि श्रीमती ५६ बर्षीया पुष्पा मुरारका र  चालक बिराटनगर-२ का ५२ बर्षीय बिमल कामत रहेका छन् । पक्राउ परेकामध्ये बिनोद […]

विराटनगर, वैशाख २३ अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा डिभी को नतिजा  शनिबार सार्वजनिक हुँदैछ। राति ९:४५मा  डिभीको नतिजा सार्वजनिक हुने अमेरिकी प्रशासनले जनाएको छ। डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरमार्फत चिट्ठा परेरनपरेको हेर्न सकिन्छ। डिभीको रिजल्ट  Electronic Diversity Visa Program (state.gov) मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्न सकिन्छ। नतिजा हेर्न आवेदन भर्दा प्रयोग गरेको आफ्नो […]