१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाचार

विराटनगरमा सुर्तीजन्य पदार्थको कालोबजारी बढ्याे

निरज बस्नेत विराटनगर, वैशाख ६ विराटनगरमा सुर्तीजन्य पदार्थको कालोबजारी शुरु भएको छ । विराटनगर महानगरपालिकाले वैशाख १ गते देखि लागु हुने गरी नगरक्षेत्रको सार्वजनिकस्थानमा सुर्तीजन्य पदार्थ खरिद तथा बिक्रिमा बन्देज लगाएपछि व्यापारीहरुले लुकाईछिपाई कारोबार गर्न थालेका छन् । अहिले सार्वजनिक स्थानमा २० प्रतिशतभन्दा माथि मुल्यवृद्धि गरेर व्यापारीहरु सुर्तिजन्य पदार्थ बेचबिखन गरिरहेको पाईएको छ । सामान्यता […]

सुनसरी, बैशाख ४ सुनसरीको दुहबी नगरपालिका-१० स्थित ट्याङग्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २७ बर्षीय दुखीलाल उराव रहेका छन् । आइतवार बेलुका साढे ६ बजे करेन्ट लगाई माछा मार्ने क्रममा घाईते भएका उरावलाई आफन्तले उपचारको लागि इनरुवा अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु […]

खोटाङ,वैशाख ४ प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न विरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न विरामीलाई निःशुल्क र विपन्न विरामीलाई विशेष […]

विराटनगर, बैशाख ३ मोरङको बेलबारी नगरपालिका-३ स्थित कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवाको शुभारम्भ भएको छ । आईतबार बिहान कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको थियाे । त्यहाँ निमित्त प्रदेश प्रहरी प्रमुख बास्तोलाले ल्यावमा परिक्षण नमुना (Blood) दिई सेवा शुभारम्भ गर्नु भएको थियाे । […]

विरानगर, चैत २८ १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि मोरङको बुढीगंगा गाउँपालिस्थित टंकीसिनवारीको जनप्रिय माविमा सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै […]

विराटनगर, चैत २८ पत्रकार कल्याण कोष मोरङले साेमबार विराटनगरकाे दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष तथा निरौला बिबिसी नेपाली सेवाका संवाददाता विक्रम निरौला र पत्रकार महासंघ कार्यसमिति सदस्य तथा मकालु टिभीका संवाददाता उषा सरदारलाई सोमबार एक कार्यक्रमबिच कोषले पुरस्कृत गरेको हो । पत्रकार निराैलालाई ५१ हजार १५१ रुपैयाँ […]

विराटनगर, चैत २८ विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । सोमबार राति विराटनगरमा भएको खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल फरकमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले प्रतियोगिताको उद्घाटन खेलमासमेत पुलिसलाई पराजित गरेको थियो । आर्मी साबिकको विजेता […]

सुनसरी, चैत्र २६   संगठन तथा जनताको हितमा हुने काम गर्नलाई कुनै आदेश पर्खिरहनु  नपर्ने निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भएको छ । आज जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु […]

बिराटनगर,  २५  गते  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोलाले आज जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ […]

निरज बस्नेत विराटनगर, चैत्र २५ विराटनगर महानगरपालिकाले विराटनगरभरी पार्किङ निषेधको निर्णय केही समय अगाडी गर्यो । निर्णय त गर्यो तर सरोकारवालासँग छलफल नै नगरी गर्यो । हचुवाको भरमा निर्णय त महानगरले गर्यो । अन्ततः यो निर्णय जसरी आयो त्यसरी नै फिर्ता पनि भयो । महानगरका मेयरले एक्कासी निर्णय लिनुलाई धेरैले निको मानेनन् । यो निर्णयप्रति […]