१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu

जे छ चर्चामा

बिरामी ठग्दै विराटनगरका प्राइभेट क्लीनिक : अनुगमन शुन्य

विराटनगर, चैत १८ विराटनगरका प्राईभेट क्लीनिकहरुले कोशी अञ्चल अस्पतालको नाम दुरुपयोग गरी बिरामी झुक्याईरहदा महानगरभित्र रहेका नियामक निकायहरु भने मौन छन् । बारम्बार संचारमाध्यममा सो विषय उठान हुँदा समेत महानगर भित्र रहेका नियामक निकायहरुले अनुगमन गर्ने जर्मोको गरेका छैनन् । विराटनगरको कोशी अस्पताल आसपासमा विकास सरदारको समुहले विभिन्न किलिनिक संचालन गरी विरामी ठग्ने गरिरहेको यसअघि […]

विराटनगर, चैत १७ अघिल्लो आर्थिक वर्षमा चार महिना लकडाउन भएता पनि यस अर्थिक वर्षको भन्दा बढी अनुपातमा नेपाल आयल निगम प्रदेशिक कार्यलय विराटनगरबाट डिजल विक्रि वितरण भएको देखिन्छ । सवारीसधान अत्याधिक न्युन संचालन भएको बेला बढी मात्रामा डिजल विक्रि वितरण हुनुले पनि यस समयमा भएको डिजल तस्करीलाई पृष्टी गर्दछ । जनचर्चा डटकमलाई प्राप्त भएको तथ्याङ […]

विराटनगर, चैत्र ०८ खेलकुद भने कै ‘टिम वर्क’ हो । एउटा खेलकुद प्रतियोगीतामा धेरै पक्ष जोडीएका हुन्छन् । इतिहास र गरिमा बोकेको प्रतियोगीताको नेतृत्व गर्नु चानचुने कुरा होइन । महेन्द्र गोल्ड कप हुदै विराट गोल्ड कपसम्म आई पुगेको प्रतियोगीतोको लामो इतिहास र गरिमा छ । त्यस्तो प्रतियोगीताको नेतृत्व अनाडीलाई दिईयो भने त्यसको ओज र गरिमा […]

विराटनगर , चैत्र ७ इन्धन भारत तस्करी गर्ने पेट्रोलपम्प र ढुवानीकर्ता विरुद्ध नेपाल आयाल निगम प्रादेशिक कार्यालय विराटनगरले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । फागुन २९ गते, तस्करी गरी भारत लैजान लागेको २ हजार ६ सय ६० लिटर डिजल सहित ट्याङकर पक्राउ परेपछि नेपाल आयाल निगमको प्रदेशिक कार्र्यालय विराटनगरले उक्त तस्करीमा संलग्न पम्प र ढुवानीकर्तालाई […]

विराटनगर, चैत ६ कोशी अस्पतालमा कार्यरत्त केही डाक्टरहरुले आफ्नो प्राईभेट क्लीनिकको भिजिटिङ कार्डमा समेत कोशी अस्पतालको नाम प्रयोग गर्ने गरेको पाईएको छ । अस्पतालमा करार नियुक्ति पाएका ति डाक्टरहरुले सरकारी संस्थाको नामको दुरुपयोग गरी विरामीलाई झुक्याउने काम गरिरहेको पाईएको हो । झट्ट हेर्दा कोशी अस्पतालकैजस्तो देखिने त्यस्ता भिजिटिङ कार्डमा सम्पर्क नम्बर भने प्राईभेट क्लीनिकको दिईएको […]

काठमाडौं , चैत्र ३ सरल रेखामा विकासका गतिविधि हुनु र सडक कालोपत्रे हुनु सामान्य नै हो । दैनिक सयौं किलोमिटरका दरले देशभर देशभरका सडक कालोपत्रे भइरहेकै छन् । नेपाल सरकारले भौतिक पूर्वाधार मन्त्रालय र सहरी विकास मन्त्रालय मार्फत् समृद्धिको यात्रामा सडकलाई व्यवस्थित पारिरहेकै छ । तर काठमाडौंको बालाजु बाइपासको सडकको व्यथा अलिक फरक थियो । […]

काठमाडाैं, फागुन २९ रंगेलीका मेयर दिलिप बगडियाले विभिन्न व्यवसायमा अदृश्य लगानी गर्ने गरेको खुलासा भएको छ । पछिल्लो समय राजस्व छलीको विवादमा तानिएको विराटनगरको रोयल मार्बलमा समेत बगडियाको ठुलो लगानी रहेको पाईएको छ । विराटनगरको कंचनवारीमा संचालनमा रहेका रोेयल मार्बल प्रा.लि. नेपालकै एक ठुलो मार्बल–टाईल आयत तथा बिक्रि विरतण गर्ने कम्पनीको रुपमा चिनिन्छ । सो […]

विराटनगर २० फागुन राजस्व अनुसन्धान विभागले बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ । विभागले बाबा फ्लोर मिल्स प्रालिकै सञ्चालक सुमन राठी र कम्पनीका मेनेजर गिरधारीलाल अग्रवाल र सुरेश विरुद्ध राजस्व चुहावटको मुद्दा लगाएको हो । उनीहरु विरुद्ध १५ करोड ३६ […]

विराटनगर, फागुन १७ स्वदेशकै उत्पादकहरुले एकआर्काको ट्रेडमार्क चोर्न थालेपछि पछिल्लो समय नेपाली बजारमा कपीराईटको विवाद उत्पन्न भएको छ । उपभोक्तालाई झुक्याउने गरी नाम चालेको स्वदेशी कम्पनीसँग लोगो, इिजाईन एवं नाम समेत मिल्ने गरी स्वदेशकै केही कम्पनीहरुले आफ्ना उत्पादनहरु बजारमा विस्तार गरेपछि कपीराईटको विवादले उग्र रुप लिएको हो । यस्तै ट्रेडमार्क चोरीको विवाद अहिले “हेल्लो” र […]

विराटनगर, फागुन १५ कतिपय व्यापारीहरुले एक नम्बरी काम सँगसँगै दुई नम्बरी काम पनि गरिरहेका हुन्छन् । दुई नम्बरी कामको पर्दाफास हुने जोखिमलाई मध्यनजर गर्दै त्यस्ता व्यापारीहरुले भविष्यमा कानुनी फन्दा नपर्ने तरिकाले आफ्नो कामलाई अगाडि बढाई रहेका हुन्छन् । ठुला व्यापारीले सोझैं आफै संलग्न भएर कुनैपनि दुई नम्बरी काम गर्दैनन् । प्राय आफन्त वा अरुको नाममा […]